spot_img

Tuesday, June 2, 2026

गैंडाकोट वडा नं. ६ द्धारा वडाका पशुपालक कृषकलाई पाइप वितरण

गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नं. ६ ले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत कृषि कार्यक्रम मार्फत पशुपालक कृषकहरूलाई गोठ व्यवस्थापनका लागि पाइप वितरण गरेको छ । वडाले कृषि क्षेत्रमा विनियोजित ३ लाख रुपैयाँ बजेट मध्ये बाट वडाभित्रका करिब २ सय ३० घरधुरी पशुपालक कृषकलाई पाइप वितरण गरेको हो । गाइ,भैंसी पालन गर्दै आएका वडाका कृषकहरूको गोठ व्यवस्थापनलाई सरसफाई र गाईभैसींलाई सरसफाई राख्नका लागी उक्त सामग्री प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।


वडा अध्यक्ष सुवास चापागाईंका अनुसार पशुपालन व्यवसायलाई सहज र व्यवस्थित बनाउने उद्देश्यले पाइप वितरण गरिएको बताउनुभयो। उहाँले गत आर्थिक वर्षमा पनि कृषकहरूलाई गोबर व्यवस्थापन तथा सरसफाइका लागि बुट र फलामका औजार वितरण गरिएको स्मरण गराउँदै यस वर्ष गोठ व्यवस्थापनमा उपयोगी हुने पाइप उपलब्ध गराइएको बताउनुभयो । अध्यक्ष चापागाईंले कृषकको आवश्यकता र मागलाई मध्यनजर गर्दै आगामी वर्षहरूमा पनि यस्ता कृषि तथा पशुपालन प्रवद्र्धनका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

वडाले सञ्चालन गरेका यस्ता कार्यक्रमले पशुपालन व्यवसायलाई आधुनिक, व्यवस्थित र उत्पादनमुखी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :