spot_img

Thursday, May 14, 2026

नेपाल टेलिकम (एनटिसी) द्धारा २८ दिन अवधिका सबै प्याकेजको समयावधि बढाएर ३० दिन

 वैशाख १४ काठमाडौँ। नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजको समयावधि बढाएर ३० दिन बनाएको छ । एनटिसीले आफ्नो  ‘कम्बो–२९९ प्याक’ को समयावधि गत चैत २४ गतेदेखि नै २८ दिनबाट बढाएर ३० दिन कायम गरिसकेको हो ।

यो अवधिका सबै प्याकेज वैशाख ११ गतेबाट केही मूल्य समायोजनसहित ३० दिन अवधिको बनाइएको एनटिसीका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिनुभयो। यस व्यवस्थाबाट एनटिसीका ग्राहकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने अपेक्षा गरिएको छ । यो अवस्था लागू भएसँगै अब महिनामा एक पटक रिचार्ज गर्दा पुग्नेछ, जसले प्रयोगलाई सहज बनाउने विश्वास गरिएको छ ।

उही मूल्यमा दुई दिन बढी सेवा पाउने भएकाले ग्राहकले डेटा, भ्वाइस तथा एसएमएस प्रयोगमा अतिरिक्त सुविधा प्राप्त गर्ने छन् ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :