spot_img

Saturday, April 18, 2026

मनसुनजन्य विपद्को रोकथाम र प्रतिकार्यका लागि आवश्यक पूर्वतयारी शुरु

काठमाडौ । मनसुनजन्य विपद्को रोकथाम र प्रतिकार्यका लागि आवश्यक पूर्वतयारी थालिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी निकायका अधिकारीहरूको बैठकले आगामी सुक्खायाम र वर्षायाममा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि प्राथमिकता निर्धारण गरि तीन दिन भित्र स्रोत सुनिश्चित गर्ने जनाएको छ ।

बैठकले विपद्को रोकथाम र प्रतिकार्यका लागि आवश्यक स्रोत सम्बन्धित मन्त्रालयको विनियोजित बजेटबाट व्यवस्थापन गर्ने तथा अपुग हुने स्रोत अर्थ मन्त्रालयसँग माग गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यस्तै विपद् व्यवस्थापनसम्बन्धी उपकरण तथा सामग्रीको मौज्दात पाँच दिनभित्र एकीकृत विवरण तयार गर्ने पनि निर्णय गरिएको छ । आवश्यक थप उपकरणको विवरण सम्बन्धित निकायसँगको समन्वयमा तयार गरी प्राथमिकताका आधारमा खरिद गरेर उपलब्ध गराइनेछ, जसका लागि अर्थ मन्त्रालयले बजेट व्यवस्था गर्नेछ । विपद् व्यवस्थापनका सबै चरणहरूमा तीनै तहका सरकारहरुसँग प्रभावकारी समन्वय गरिने भएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :