single head

गैंडाकोट वडा नम्बर ६ को आयोजनामा मकैबाली पकेट विकास कार्यक्रम सम्बन्धी एक दिने तालिम तथा कृषि सामग्री वितरण

single post top 1
गैडाकोट । मकैबाली पकेट विकास कार्यक्रम सम्बन्धी एक दिने तालिम तथा कृषि सामग्री वितरण गैडाकोटमा सम्पन्न भएको छ। गैंडाकोट नगरपालिका वडा नम्बर ६ वडा कार्यालयको आयोजना तथा ६ नम्बर वडा कृषक समूह को समन्वयमा कार्यक्रम भएको हो । तालिम कार्यक्रमको गैडाकोट नगरपालिका कृषि विकास शाखाहरूको प्राविधिक सहयोग रहेको छ। कार्यक्रममा कृषि सामग्री वितरण पनि गरिएको छ। कृषि सामग्री कृषक र वडा कार्यालयको आधा आधा लगानीमा वितरण गरिएको हो।
कार्यक्रममा गैडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले कृषकहरूलाई वितरण गरिएका सामग्रीहरूको सदुपयोग गरी समयको बचत गर्दै कृषि उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । नगर प्रमुख अधिकारीले हाम्रो मुख्य पेशा कृषि भएकोले कृषिको क्षेत्रमा नगरपालिका सधैँ कृषकको साथमा रहेको बताउनुभयो ।
गैंडाकोट वडा नम्बर ६ का वडा अध्यक्ष सुभाष चापागाईंले वडाका धेरै वडावासीहरू कृषि क्षेत्रमा भएको हुँदा यस किसिमको तालिमबाट कृषकहरू लाभान्वित हुने बताउनुभयो। वडा अध्यक्ष चापागाईले कृषकहरूको सेवामा वडा सबै साथमा रहेको बताउनुभयो। मकै पकेट कार्यक्रम अन्तर्गत वडाले त्रिपाल ३०० थान , मकै झार्ने थ्रेसर ४ वटा, स्प्रे टंकी ८० वटा, झाडीसफाई मेसिन ६ वटा ,मकै रोप्ने मेसिन ५ वटा सामग्री वितरण गरिएको वडा अध्यक्ष चापागाईंले जानकारी दिनुभयो। वडा अध्यक्ष चापागाईंले भन्नुभयो “योभन्दा अगाडि पनि किसानहरूलाई विषादी तथा ६४९ केजी मकैको बिउ वितरण गरिसकिएको हो । “
तालिममा करिब १०० जना कृषकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक डा. सरस्वति न्यौपानेले मकैको किरा व्यबस्थापन सम्बन्धमा, डा. महेन्द्र प्रसाद त्रिपाठीले मकैको जातीय विकास र उत्पादन प्रविधि तथा बाली रोग विज्ञ वैज्ञानिक शुक बहादुर गुरुङले मकै खेतीमा रोगहरुको पहिचान र व्यबस्थापन सम्बन्धमा कृषकहरूलाई तालिम दिनुभएको थियो।
कार्यक्रममा गैडाकोट नगरपालिका कृषि शाखा प्रमुख राजुप्रसाद शर्मा, गैडाकोट वडा नम्बर ६ कृषक समूहका अध्यक्ष नारायण सापकोटा लगायत गैडाकोट वार्ड नं ६ का कृषकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण कृषक समूहको सचिव कमला ज्ञवालीले गर्नुभएको थियो।
single p2
single p1
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3