फेवातालको मापदण्डमा पर्ने संरचनाहरू भत्काउन शुरु

arthik side 2

चैत २१ ,पोखरा । कास्कीको फेवातालको मापदण्डमा पर्ने संरचनाहरू भत्काउन थालिएको छ। शनिबार बिहान ५ देखि ९ बजेसम्म महानगरले ३२ संरचनामा डोजर चलाएको छ। पोखरा महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापाका अनुसार, शुक्रबार राति गृहमन्त्रालयको निर्देशनपछि महानगरले ती संरचनामा डोजर चलाएको हो।

फेवातालको ६५ मिटर मापदण्डमा करिब एक दर्जन सरकारी र पाँच सयभन्दा बढी व्यक्तिगत संरचना रहेको छ।सरकारको एक सय बुँदे सुशासन प्रवद्र्धन योजनामा फेवातालको अतिक्रमण हटाउने काम तीन महिनाभित्र सुरु गर्ने उल्लेख छ।

Article Inline 2

फेवाताल मापदण्ड कार्यान्वयनका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा गठित सहजीकरण समितिले उपसमिति बनाई तालको सीमाङ्कन र किनारमा पोल समेत गाडिसकेको छ। सर्वोच्च अदालतले २०७५ सालमा परमादेश जारी गर्दै २०३१ सालपछि दर्ता भएका ताल किनारका जग्गा दूषित ठहर गरी खारेज गर्न, ६५ मिटर मापदण्ड कायम गर्न, खाली जग्गामा सौन्दर्यकरण गर्न र अतिक्रमण हटाउन आदेश दिएको थियो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :