single head

मुकुन्दसेन मौलाकाली होटल व्यवसायी संघको ११औँ वार्षिक साधारणसभा सम्पन्न / पेसा व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न दिनुपर्ने व्यवसायीहरुको भनाइ

single post top 1

नवलपुर । नवलपुरका होटल व्यवसायीहरुले आफूहरुको पेसा व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् । राति ९ बजे नै प्रहरीले होटल बन्द गर्न लगाउने गरेको उल्लेख गर्दै उनीहरुले होटल व्यवसाय पर्यटन व्यवसाय भएकाले यसलाई सहज रुपमा सञ्चालन गर्न दिनुपर्ने माग गरेका हुन् ।

single p1

देशको समग्र अर्थतन्त्रमा होटल व्यवसायको ठूलो हिस्सा रहेको भन्दै उनीहरुले होटल व्यवसायलाई दुःख दिने काम नगर्न सरकारसँग आग्रह गरेका हुन् । मुकुन्दसेन मौलाकाली होटल व्यवसायी संघको ११औँ वार्षिक साधारणसभाका क्रममा व्यवसायीहरुले विभिन्न बाहानामा आफूहरुलाई दुःख दिने काम भएको भन्दै त्यस्तो काम तुरुन्त बन्द गर्न माग गरेका छन् । कार्यक्रममा होटल व्यवसायी कमल शर्मा गौतमले सेवाग्राहीहरु होटलमा गएर धम्काउने, उधारो खाएर पैसा नतिर्ने, विभिन्न बाहनामा प्रहरीले दुःख दिनेलगायतका गतिविधिले व्यवसाय सञ्चालनमा समस्या भएको गुनासो गर्नुभयो ।

single p2

कार्यक्रममा मुकुन्दसेन मौलाकाली होटल व्यवसायी संघका अध्यक्ष शिवप्रसाद पौडेलले राज्यलाई कर तिरेर सञ्चालन भएको व्यवसायलाई निर्वाधरुपमा सञ्चालन गर्न दिनुपर्ने बताउनुभयो । राज्यले राम्रो नीति निर्माण गरेको अवस्थामा व्यवसाय सञ्चालन गर्ने वातावरण बन्दै गएको उल्लेख गर्दै पौडेलले अब नवलपुरमा सडकको समस्या पनि नभएको बताउनुभयो । “पहिला सडकका कारण जिल्लामा पर्यटकहरु आउन समस्या थियो, अब त्यो समस्या लगभग समाधान भएको छ” उहाँले भन्नुभयो, “यहाँ धेरै पर्यटकीय क्षेत्र छन् । धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र भएकाले अब पर्यटकको राम्रो उपस्थिति हुन्छ, हामीलाई सहज रुपमा व्यवसाय सञ्चालन गर्न दिने वातावरण सिर्जना गरिदिनुप¥यो ।”

साधारणसभाको उद्घाटन होटल व्यवसाय महासंघका केन्द्रीय सदस्य सुरेश पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरका अध्यक्ष दीपक सापकोटा, देवचुली होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण चापागाई, सस्थाका पूर्व अध्यक्ष हरि क्षेत्री लगायतले राज्यको कुल गार्हस्थ उत्पादनमा होटल व्यवसायको ठूलो हिस्सा रहेको बताउनुभयो । संस्थाको वार्षिक प्रगति प्रतिवेदन सचिव अशोक तिवारी तथा आर्थिक प्रतिवेदन कोषाध्यक्षको शोभा क्षेत्रीले प्रस्तुत गर्नुभएको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष नारायण प्रसाद गौतमले समापन मन्तव्य राख्नुभएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3