single head

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा पद तथा गोपनीयताको शपथ

single post top 1

काठमाडौँ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित समारोहमा उहाँलाई शपथ खुवाउनु भएको हो ।

single p1

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसदहरू र सरकारी कर्मचारीहरूको समेत सहभागिता रहेको थियो। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत केसी निर्वाचित हुनुभएको थियो। उहाँको उमेर ७८ वर्ष रहेको छ ।

single p2

ज्येष्ठ सदस्यको हैसियतले, केसीले चैत्र १२ गते प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्य गर्नुहुनेछ। सभामुख निर्वाचित नभएसम्म प्रतिनिधि सभामा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले नै गर्नुहुने प्रचलन छ।

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना गरी जम्मा २७५ जना सांसद निर्वाचित भएका छन्।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3