single head

गैँडाकोट महोत्सवमा पुरुषोत्तम न्यौपानेसहितका कलाकार आउने

single post top 1

माघ १०,गैँडाकोट । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सव आज समापन हुँदैछ । आज समापनको दिन महोत्सवमा चर्चित लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेसहितका कलाकार आउने भएका छन् ।

single p1

महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार आज महोत्सवमा चर्चित कलाकार न्यौपानेसहित जुना श्रीस मगर, विना धिताल तथा स्थानीय कलाकारहरुले प्रस्तुती राख्नेछन् । महोत्सवमा आजको कार्यक्रम सञ्चालन कलाकार एवम् प्रस्तोता दीपक खड्काले गर्ने लम्सालले जानकारी दिए ।

single p2

पुस २५ देखि सुरु भएको महोत्सवको आज दिउँसो भव्य समारोहका बीच समापन गरिने जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचार प्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए । महोत्सव दुई लाख भन्द बढी दर्शकले अवलोकन गरेका भन्दै सापकोटाले महोत्सव अपेक्षित रुपमा सफल भएको दाबी गरे । महोत्सवमा कृषि प्रदर्शनी, व्यापारिक स्टल, रेष्टुरेन्ट तथा बाल उद्यानसहित २५० बढी स्टल रहेका सापकोटाको भनाइ छ ।

महोत्सवमा २५ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको संघका महासचिव एवम् महोत्सव सचिवालय संयोजक तेजनारायण पाण्डेले बताए । स्थानीय कृषि र स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको पाण्डेको भनाइ छ ।

महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको महोत्सवका मूल संयोजक छवि कँडेलले बताए । विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको भन्दै कँडेलले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।

संघका अध्यक्ष एवम् महोत्सवका संरक्षक दीपक सापकोटाले महोत्सवले स्थानीय कला, संस्कृति संरक्षण र प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताए । संस्थागत रुपमा गरिने मेला महोत्सवले स्थानीय अर्थतन्त्रलार्ई चलायमान बनाउन सहयोग पुर्याउने सापकोटाको भनाइ छ । महोत्सव अवधिभर सहयोग गर्ने तथा शोभायात्रामा उत्कृष्ट झाँकी प्रस्तुत गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कार तथा सम्मान गरिने सापकोटाले बताए ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3