single head

भाग्योदय आधारभूत विद्यालयका निवर्तमान प्रधानाध्यापक डिल्लीप्रसाद अम्बैको सम्मान सहित विदाई

single post top 1

गैंडाकोट । गैंडाकोट-६ स्थित भाग्योदय आधारभूत विद्यालयमा सरस्वती पूजा विशेष कार्यक्रम तथा निवर्तमान प्रधानाध्यापक डिल्लीप्रसाद अम्बैको सम्मान एवं विदाई कार्यक्रम सम्पन्न भएको छ।

single p1

तीन दशकभन्दा लामो समयदेखि शैक्षिक क्षेत्रमा योगदान पु¥याउनुभएका निवर्तमान प्रधानाध्यापक अम्बैलाई विद्यालय परिवारले सम्मानपत्र र दोसल्ला, मायाको चिनोसहित सम्मान गर्दै विदाई गरिएको हो । उहाँले विभिन्न विद्यालयमा रहेर ३० वर्ष २ महिना ५ दिन सेवा गर्नुभएको थियो ।

single p2

कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले शिक्षा, कृषि र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रहरूमा नागरिकको पहुँच पु¥याउन नगरपालिका निरन्तर क्रियाशील रहेको बताउनुभयो । उहाँले भाग्योदय आधारभूत विद्यालयको शैक्षिक स्तर उन्नति र विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्मानित व्यक्तित्व डिल्लीप्रसाद अम्बैले कार्यक्रममा बोल्दै शैक्षिक क्षेत्रमा काम गर्ने अवसर प्रदान गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्नुभयो । आजको विशेष दिनमा आफ्नै विद्यालयमा सम्मान र विदाई हुन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि विद्यार्थी र विद्यालयको हितका लागि अभिभावकको भूमिकामा सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद सापकोटाले निवर्तमान प्रधानाध्यापक अम्बैले विद्यालयको शैक्षिक उन्नतिका लागि उल्लेखनीय योगदान दिएको आफूले नजिकबाट देखेको बताउनुभयो । उहाँ हजारौँ विद्यार्थीका कुशल गुरु मात्र नभई अभिभावक र सामाजिक श्रष्टा पनि भएको उल्लेख गर्दै विदाई कार्यक्रम दुःखद भए पनि भविष्यमा पनि विद्यालयप्रतिको सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

त्यस्तै, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरहरी सापकोटाले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा अम्बैको योगदान स्मरण गर्दै विद्यालयको समग्र विकासका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी बिक, पूर्व प्रधानाध्यापक माधवप्रसाद न्यौपाने, पूर्व शिक्षक जौमाया श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, विभिन्न टोल विकास संस्थाका अध्यक्षहरू, भाग्योदय बालक्लबका अध्यक्ष, अक्षयकोषदाता, समाजसेवी, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य विद्यालयकी प्रधानाध्यापक सीता लम्सालले व्यक्त गर्नुभएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3