single head

रत्ननगर महोत्सवः २७ करोडको कारोबार, साढे ४ लाखले गरे अबलोकन

single post top 1

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा आयोजना गरिएको रत्ननगर महोत्सवको १३औं संस्करण बुधवार सम्पन्न भएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सव पौष २५ गतेबाट सुरु भएको थियो । १३ दिन सञ्चालन भएको उक्त महोत्सव ४ लाख ५० हजारले अबलोकन गरेको र २६ करोडको कारोबार भएको संघका कोषाध्यक्ष विनोद घिमिरेले जानकारी दिए । यस पटकको महोत्सवमा रामजानकी मन्दिरको मुल गेट निर्माण गरिएको थियो । महोत्सव अबलोकन गर्न आएका अधिकाँसले रामजानकी गेटमा फोटो र भिडियो खिचेका छन् । महोत्सव अन्तर्गत गरिएको मह उत्सब उत्पादन र बजारीकरणको हिसाबले कोसेढुंगा सावित भएको छ । जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारी प्रमुख अतिथि रहेको समापन कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले रत्ननगर महोत्सवको १३औं संस्करण अहिले सम्मकै उत्कृष्ट भएको दावी गरे ।

single p1

जिल्लाको आर्थिक विकासमा महोत्सवले महत्वपूर्ण भूमिका खेलेको हामीले महसुुस गरेका छौं उनले भने यसको प्रभाव विस्तारै देखिदै जाने छ । महोत्सव अन्तर्गत आयोजना गरिएको कृषि उत्पादन र बजारीकरण तथा युवा रोजगार सम्बन्धी कार्यशालाले एक खालको मार्गचित्र तयार भएको संघका अध्यक्ष गिरीले बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले निजी क्षेत्रले आयोजना गर्ने महोत्सव आर्थिक विकासको मेरुदण्ड रहेको भन्दै सरकारले उद्योग बाणिज्य संघको सिफारिसमा मात्र अन्य संघसंस्थामा महोत्सव आयोजनाको सिफारिस दिनुपर्ने बताए । संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले महोत्सवप्रतिको जनआर्कषणले आफुहरुलाई उत्साहित भएको भन्दै अनुमान गरेको भन्दै बढीले अबलोकन र लक्ष्यभन्दा बढी कारोबार भएको बताए ।

single p2

जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारीले रत्ननगर महोत्सवले जिल्लाको कृषि, पर्यटन, उद्योग, स्थानीय उत्पादनको बजारिकरण तथा उत्पादक र उपभोक्ता बीच प्रत्यक्ष सम्पर्क सेतुको काम गर्न सफल भएको बताए । मुलुक विषम परिस्थितिमा गुज्रिरहेको बेला आयोजना गरिएको महोत्सव सफल हुनुनै सबैभन्दा ठुलो कुरा रहेको भन्दै उनले यसले जिल्लाको आर्थिक विकासमा सहयोग भएको बताए । समापन कार्यक्रममा महोत्सवमा सहयोग गर्ने विभिन्न संघसंस्थालाई कदरपत्र, प्रतियोगितामा सहभागीलाई पुरस्कार, स्टेरिङ कमिटीलाई कदरपत्र तथा लोकगायक नेत्रजी पन्तलाई सम्मान गरिएको थियो । महोत्सव अन्तर्गत भजन, शंखध्वनी, महिला कबड्डी तथा अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता गरिएको थियो । वालउद्यानमा जनपरीसंगै बालबालिकालाई लक्षित गरी कस्मिर भ्याली निर्माण गरिएको थियो । पर्यटन प्रर्वद्धन तर्फ खगरी खोलामा मोटरबोट सञ्चालन गरिएको थियो ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५०० स्टलहरू रहेका थिए । महोत्सव महोत्वब अन्तर्गत पौष २९ देखि माघ ४ सम्म सौराहाचोक स्थित बसपार्कमा ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव’ आयोजना गरिएको थियो । कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखेको थियो । संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेका समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, एसपी गोविन्द पुरी लगायतका सहभागिता रहेको थियो ।

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3