spot_img

Thursday, June 11, 2026

विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस सभापति गगन थापा समूहलाई निर्वाचन आयोगले दियो आधिकारिकता

 माघ २, काठमाडौँ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति गगन थापा समूहलाई आधिकारिकता दिएको छ । शुक्रबार साँझ आयोगले विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई आधिकारिकता दिएको आयोगको कानुन शाखाले जनाएको छ ।

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएको हो । विशेष महाधिवेशनको विवरण र कांग्रेस सभापति शेरबहादुर पक्षको तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेश गर्नुभएको विवरण अध्ययन गर्दै आयोगले यो निर्णय दिएको हो ।

आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई आधिकारिकता दिएको उपसभापति विश्वप्रकाश शर्माले फेसबुक लाइभमार्फत् पुष्टि गर्नुभएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका तीन पदाधिकारीमध्ये दुई जनाले गगनको पक्षमा र एक जनाले विपक्षमा राय दिँदा बहुमतका आधारमा गगनको पक्षमा निर्णय भएको हो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :