single head

शिक्षक महासंघ गैँडाकोटद्वारा नगर शिक्षा अधिकारी आचार्यलाई स्वागत सम्मान

single post top 1

गैँडाकोट । नेपाल शिक्षक महासंघ गैँडाकोट नगर समितिद्वारा गैँडाकोट नगरपालिकामा सरुवा भई आउनुभएका शिक्षा, युवा खेलकुद शाखा प्रमुख उप सचिव खेमप्रसाद आचार्यलाई स्वागत सम्मान तथा नव नियुक्त प्रधानाध्यापकहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएकाे छ ।

single p1

जनक नमुना माध्यमिक विद्यालयमा शुक्रबार सम्पन्न नेपाल शिक्षक महासंघको दोस्रो पूर्ण बैठक तथा सम्मान कार्यक्रममा नव नियुक्त जनक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक बुद्धिसागर पण्डित, लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्रराज भट्टराई, भाग्योदय आधारभूत विद्यालयका प्रधानाध्यापक सीता लम्साललाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरिएको थियो ।

single p2

कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक महासंघ नवलपरासी(पूर्व) का उपाध्यक्ष हिमालदेव पंगेनीले गैँडाकोटका शिक्षकहरुको पेशागत विकास र प्रविधिमैत्री सीप विकासमा नगरपालिकाले योजना बनाउनुपर्ने कुरामा जोड दिनुभयो । साथै उहाँले गैँडाकोट नगरपालिकाका शिक्षकलाई ल्यापटप उपलब्ध गराउने खालको योजना निर्माण गर्न आग्रह गर्नुभयो । त्यसैगरी विशिष्ट अतिथि गैँडाकोट नगरपालिकाका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले शिक्षकको हकहितको संरक्षणका लागि आँफू प्रतिबद्ध रहेको व्यक्त गर्नुभयो । साथै उहाँले शिक्षकहरु आफ्नो पेशा प्रति प्रतिबद्ध रहन राजनितिक विचारलाई कार्यस्थलमा प्रयोग नगर्न अनुरोध गर्नुभयो ।

नेपाल शिक्षक महासंघ गैँडाकोट नगर अध्यक्ष शिवराज काफ्लेले नगर समितिले गरेका निर्णयहरु सुनाउँदै नगर भित्र कार्यरत शिक्षकहरुका लागि खाजा खर्चको व्यवस्थापन गर्नका लागि महासंघले नगरपालिकाको कार्यालयमा अनुरोध गरेको जनकारी दिनुभयो । कार्यक्रममा नेपाल शिक्षक संघ गण्डकी प्रदेश उपाध्यक्ष बिष्णुप्रसाद रिजाल, नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश उपाध्यक्ष बलराम रानाभाट, नेपाल शिक्षक संघ नवलपुर अध्यक्ष इन्द्रराज भट्टराई, जनक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक बुद्धिसागर पण्डित लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा जनक नमुना माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशवप्रसाद सापकोटा, नेपाल शिक्षक संघ गण्डकी प्रदेश सदस्य गोविन्द रिमाल, नेपाल शिक्षक संघ गैँडाकोटका अध्यक्ष सूर्यनाथ तिवारी, नेपाल राष्ट्रिय शिक्षक संगठन गैँडाकोट नगर अध्यक्ष रोशन मल्ल ठकुरी लगायत शिक्षकहरुको उपस्थिति रहेको थियो । नेपाल शिक्षक महासंघ गैँडाकोट नगर अध्यक्ष शिवराज काफ्लेले नगर समितिले गरेका निर्णयहरु सुनाउँदै नगर भित्र कार्यरत शिक्षकहरुका लागि खाजा खर्चको व्यवस्थापन गर्नका लागि अनुरोध गरेको बताउनुभयो ।

महासंघ नगर अध्यक्ष शिवराज काफ्लेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम सचिव गोविन्द चालिसेले सञ्चालन गर्नुभएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3