प्रथम सूर्यभक्त पतनादेवी स्मृति अन्तर मा.वि स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगितामा श्रीकृष्ण गण्डकी मा.वि ढोडेनी प्रथम

rasifal bottom

गैंडाकोट । ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणलाई खेलकुद’ भन्ने मूल नाराका साथ भएको प्रथम सूर्यभक्त पतनादेवी स्मृति अन्तर मा.वि स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिता आइतबार सम्पन्न भएको छ । पौष १० गतेदेखि १३ गतेसम्म स्वतन्त्र विद्यार्थी युनियन एसपीएम कलेजको आयोजनामा भएको प्रतियोगितामा श्रीकृष्ण गण्डकी मा.वि ढोडेनी विजयी भएको छ । विजयी भएको श्रीकृष्ण गण्डकी मा.विले  १५ हजार नगदसहित मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।

ad

त्यस्तै, प्रतियोगितामा पार्वती मा.वि देवघाटले द्वितीय स्थान हासिल गरेको छ । द्वितीय स्थान हासिल गरेको पार्वती मा.विले १० हजार नगदसहित मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ भने एसपीएम कलेजले तृतीय स्थान हासिल गरेको छ । तृतीय स्थान हासिल गरेको एसपीएम कलेजले ५ हजार नगदसहित शिल्ड, मेडल र  प्रमाणपत्र प्राप्त गरेको नवलपुर खेलकुद विकास समितीका सदस्य लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।

Article Inline 2

प्रतियोगितामा नवलपुर जिल्ला खेलकुद विकास समितिका सचिव निरज गौतम, एसपिएम कलेजका अध्यक्ष महेन्द्रभक्त अधिकारी, खेलकुद समितीका निवर्तमान अध्यक्ष किसान गुरुंग, नवलपुर जिल्ला बक्सिंग संघका उपाध्यक्ष दलबहादुर राना, नगर बक्सिंग संघका अध्यक्ष शारदा शाही ठकुरी, एसपिएम कलेजका प्राचार्य दिपेन्द्र पौडेल लगायतको उपस्थिती रहेको थियो ।


गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव श्रीधर शर्माको प्रमुख आतिथ्यतामा तथा एसपिएम कलेज स्ववियु सभापति श्याम वाँचेको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको  सरोज पाखरेलले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा स्ववियु सदस्य सुनिता गन्धवाले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रतियोगितामा  १० टिमको सहभागीता रहेको थियो  ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :