single head

थोक औषधि व्यवसायी संगठन नारायणगढको अध्यक्षमा नारायण पौडेल निर्वाचित

single post top 1

चितवन । थोक औषधि व्यवसायी संगठन नारायणगढमा नारायण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। अधिवेशनले आगामी दुई वर्षका लागि संगठनको नयाँ नेतृत्व चयन गरेको हो। कार्यक्रम  भरतपुर–१५ स्थित अतिथि पार्टी प्यालेसमा शनिबार सम्पन्न भएको हो।

single p1

अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित नयाँ कार्यसमितिमा उपाध्यक्षमा दिपक अधिकारी, महासचिवमा लेखनाथ कडेल, सचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा निर्मला थापा र सह-कोषाध्यक्षमा बैकुण्ठ शर्मा चयन हुनुभएको छ। सदस्यहरूमा रामकृष्ण दुवाडी, प्रबिन थापा र इन्द्र पौडेल रहनुभएको छ।

single p2

 निवर्तमान अध्यक्ष बिज्ञान पौडेलले विगत कार्यकालमा प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै नयाँ नेतृत्वले थोक औषधि व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र मर्यादित बनाउने विश्वास व्यक्त गर्नुभयो।

नव निर्वाचित अध्यक्ष नारायण पौडेलले संगठनको विधानले निर्देशित गरेका लक्ष्यलाई केन्द्रमा राखेरा आफू अघि बढ्ने बताउनु भयो । यस्तै उहाले औषधिका थोक व्यवसायीको व्ययसायीक अधिकारको लागि आफ्नो कार्यकाल फलदायी बनाउन लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाल थोक औषधि व्यवसायी संघ, बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष शिबप्रसाद पण्डित प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी बागमती प्रदेश नेपाल थोक औषधि व्यवसायी संघका थोक सदस्य कपिल सुवेदी तथा नेपाल थोक औषधि व्यवसायी संघ जिल्ला शाखा चितवनका अध्यक्ष विनोद प्रसाद तिमिल्सिना लगाएतको उपस्थित रहेको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3