single head

गैंडाकोटको निःशुल्क दन्त शिविरमा ६३ जना लाभान्वित

single post top 1

गैँडाकोट । गैंडाकोटमा भएको निःशुल्क दन्त परीक्षणमा ६३ जना लाभान्वित भएका छन् । बिहीबार गैंडाकोट कांग्रेसचोक स्थित त्रिनेत्र साकोसको परिसरमा कार्यक्रम भएको हो । दन्त शिविर त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लायन्स क्लब अफ गैडाकोट मौलाकालिकाको संयुक्त आयोजनामा भएको हो ।

single p1

कार्यक्रममा सिनियर डिस्ट्रिक्ट डिपार्टमेन्ट को–अडिनेटर लायन राजेन्द्र गौतमले सामाजिक उत्तरदायित्व अन्तर्गत दन्त परीक्षण शिविर राखेर जनताको सेवा गरेको बताउनुभयो । उहाँले यस्तो किसिमको शिविरहरू बेलाबेलामा गर्दै आइएको र आगामी दिनमा पनि गर्ने बताउनुभयो।

single p2

त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कुलनाथ कँडेलले सदस्यहरू स्वस्थ रहे भने संस्था स्वस्थ हुन्छ। त्यसकारण सदस्यहरूको स्वास्थ्यको लागि संस्थाले विभिन्न कार्यक्रम गर्दै आएकोमा अहिले दन्त परीक्षण गरेको बताउनुभयो।

लायन्स क्लब अफ गैडाकोट मौलाकालिकाका अध्यक्ष लायन जनक पौडेलले क्लबले विभिन्न कार्यक्रम सामाजिक कामहरू गर्दै आएकोमा आजको दन्त शिविरबाट धेरै सेवाग्राहीहरू लाभन्वित भएको बताउनुभयो ।

गणपति डेन्टलका सञ्चालक डाक्टर शरद शर्मा गैरेले मानिसहरूले  दाँतको सरसफाई र उपचार बेलाबेलामा गर्नुपर्ने बताउनुभयो। दाँतलाई कुनै रोग लाग्न दिनु भन्दा पूर्व सावधानी अपनाएर नियमित सरसफाई गर्नुपर्ने बताउनुभयो।दन्त शिविरको प्राविधिक सहयोग गणपति डेन्टल भरतपुर रहेको छ।

त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव दोलराज पाण्डेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ गैडाकोट मौलाकालिकाका उपाध्यक्ष लायन शंकर आचार्यले गर्नुभएको थियो। कार्यक्रममा लायन सिआर कँडेल, लायन कृष्ण रिजाल, लायन भूमा पुन, लायन राजु पौडेल, त्रिनेत्र साकोसका पूर्व अध्यक्ष ज्ञानेन्द्र सापकोटा, पूर्व अध्यक्ष नारायण पौडेल, कार्यालय प्रमुख प्रधुन्न ढुङ्गाना लगायत बुद्धिजीवी समाजसेवीहरूको उपस्थिति रहेको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3