spot_img

Saturday, January 17, 2026

सुशासनमा विकूको नँया अभ्यास : कर्मचारीहरूद्वारा ’नैतिक प्रतिज्ञा तथा शपथ’ ग्रहण

गैंडाकोट । नेपालको सहकारी क्षेत्रमा उत्कृष्ट पहिचान बनाएको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना कर्मचारीहरूलाई नैतिक रूपमा जिम्मेवार र कर्तव्यनिष्ठ बनाउने उद्देश्यले ’नैतिक प्रतिज्ञा तथा शपथ’ (Employee Moral Pledge)ग्रहण गराएको छ ।
सोमवार संस्थाको केन्द्रीय कार्यालय तथा विभिन्न सेवा केन्द्रहरूमा आयोजित एक विशेष कार्यक्रमका बीच कर्मचारीहरूले सामूहिक रूपमा शपथ लिएका हुन । सहकारी क्षेत्रमा सुशासन र वित्तीय अनुशासन कायम राख्न कर्मचारीको नैतिकता सबैभन्दा महत्त्वपूर्ण हुने भन्दै संस्थाले यो अभियान सुरु गरेको हो । संस्थाका अनुसार शपथ ग्रहण कार्यक्रम एकपटकका लागि मात्र सीमित हुनेछैन ,अबदेखि हरेक ३/३ महिनामा (त्रैमासिक रूपमा) आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई नियमित रूपमा शपथ खुवाउने नीति तय गरेको छ ।
“कर्मचारीहरूमा सेवाभाव, इमान्दारिता र संस्थाप्रतिको उत्तरदायित्व नवीकरण भइरहनुपर्छ भन्ने मान्यताका साथ हामीले हरेक त्रैमासिकमा यो नैतिक प्रतिज्ञा कार्यक्रम गर्ने निर्णय गरेका हौँ,“ संस्थाका अध्यक्ष प्रेम प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
शपथमा सदस्यहरूप्रति उच्च सेवाभाव र सम्मान जनक व्यवहार ,वित्तीय कारोबारमा पूर्ण पारदर्शिता र शून्य सहनशीलता (Zero Tolerance)सहकारीका मूल्य, मान्यता र सिद्धान्तहरूको पूर्ण पालना, संस्थाको गोपनीयता र साखको संरक्षण जस्ता विषयहरू समेटिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले जानकारी दिनुभयो ।


पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका चुनौतीहरूका बीच विकूले चालेको यो कदमलाई सरोकारवालाहरूले सकारात्मक रूपमा लिएको संस्थाका वरिष्ठ अधिकृत मदन सापकोटाले जानकारि दिनुभयो । यसले कर्मचारीहरूलाई आफ्नो जिम्मेवारीप्रति थप सचेत गराउनुका साथै सदस्यहरूको विश्वास जित्न मद्दत पुग्ने अपेक्षा गरेका वरिष्ठ अधिकृत सापकोटाले बताउनु भयो ।
नियमित रूपमा कर्मचारीलाई नैतिक पाठ सिकाउने र शपथ खुवाउने विकूको यो अभ्यास नेपालको सहकारी क्षेत्रमै एक असल अभ्यासको रूपमा रहेको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :