single head

निकेश बाबु स्मृति प्रतिष्ठानको पाँचौँ वार्षिक साधारण सम्पन्न /रक्तदान कार्यक्रममा ११९ युनिट रक्त संकलन

single post top 1

गैंडाकोट । निकेश बाबु स्मृति प्रतिष्ठानको पाँचौँ वार्षिक साधारण सभाको अवसर पारेर रक्तदान गरिएको छ

single p1

सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालय परिसरमा शुक्रबार आयोजित रक्तदान कार्यक्रममा ३३ महिला र ८६ पुरुषसहित ११९ युनिट रक्त संकलन गरिएको छ।

single p2

गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले रक्तदानलाई “जीवन बचाउने साझा मानवता” भन्दै नियमित रक्तसंकलन अभियानले समाजमा सकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रमकी सभापति तथा प्रतिष्ठानकी अध्यक्ष चोक्षा देवी देवकोटा कँडेलले प्रतिष्ठान स्थापना भएदेखि नै सामाजिक जिम्मेवारीका कामलाई प्राथमिकता दिँदै आएको बताउनु भयो । “हाम्रो सानो योगदानले कसैको जीवन बच्न सक्छ भन्ने भावना नै यस अभियानको प्रेरणा हो,” उहाले भन्नुभयो ।

रेडक्रस सोसाइटी गैंडाकोट आदर्श उपशाखाका सभापति तथा कार्यक्रमका विशेष अतिथि उमाकान्त सापकोटाले गैंडाकोटको रक्तदान संस्कृति प्रदेशमै उदाहरणीय बनेको बताउनुभयो । “रगत अभावका कारण कुनै पनि बिरामीले जीवन गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो ।

कार्यक्रममा सह-आयोजक पाँच संस्थाका प्रतिनिधिहरू हिरालाल अर्याल, रामकृष्ण कोइराला, गणेश अधिकारीले समेत आ-आफ्नो संस्थाका तर्फबाट शुभकामना मन्तव्य राखेका थिए। उनीहरूले सामाजिक सेवामा संस्थाहरूको समन्वयले रक्त सङ्कलन अभियानलाई अझ प्रभावकारी बनाइरहेको बताए।

सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालय तर्फबाट विद्यालय सञ्चालक भरतबाबु कंडेलले स्थानीय समुदायसँग सहकार्य गरेर सामाजिक अभियानमा योगदान दिन पाउँदा विद्यालय परिवार गौरवान्वित रहेको जनाए। पाँच वर्षअघि स्थापना भएको निकेश बाबु स्मृति प्रतिष्ठानले सामाजिक एवं शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका गैंडाकोट आदर्श उपशाखाका उपाध्यक्ष डोलराज पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको लक्ष्मण कंडेलले गर्नु भएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3