कालिका मा विको ५०औं वार्षिक उत्सव तथा स्वर्ण जयन्ती मंसीर २७मा मनाउदै, चर्चित गायक पशुपति शर्मा आउदै ,

Article Inline top 1

गैंडाकोट ।  कालिका नमुना माध्यमिक विद्यालयले ५०औं वार्षिक उत्सव तथा स्वर्ण जयन्ती मूल समारोह मनाउन लागेको छ ।  स्वर्ण जयन्तीको कार्यक्रम भोली मंसीर २७ गते शनिबार विद्यालय परिसरमा सम्पन्न हुँदैछ ।

स्वर्ण जयन्ती समारोहको मंसिर २७ गते शनिबार बिहान ११ बजे गण्डकी प्रदेश सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाको प्रमुख आतिथ्यतामा हुने विद्यालयका प्रधानाध्यापक होमनाथ शर्माले जानकारी दिनुभयो ।

Article Inline 2

उक्त समारोहमा विद्यालयको शैक्षिक एवं भौतिक रुपमा विकास गर्ने कार्यमा योगदान दिनुहुने व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको प्रधानाध्यापक शर्माले जानकारी दिनुभयो ।

स्वर्ण जयन्ती कार्यक्रममा राष्ट्रिय कलाकार अमर बिरही गुरुङ , पशुपति शर्मा, दीपक खड्का , दुर्गा सापकोटा ,बिशाल ढकाल र शारदा सापकोटा लगायतका चर्चित गायक, गायिकाले  लोक तथा दोहोरीको प्रस्तुती समेत रहने छ ।

स्वर्ण जयन्ती समारोह अन्तर्गत मंसिर २५ सम्म विभिन्न गतिविधि आयोजना भएका थिए । मुख्य कार्यक्रमहरूमा अभिभावक तथा विद्यार्थी उत्प्रेरणात्मक कार्यक्रमहरू, शोभायात्रा, हाजिरीजवाफ प्रतियोगिता, हाफ म्याराथुन, स्वास्थ्य शिविर, रक्तदान, शैक्षिक प्रदर्शन, खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू सम्पन्न भएका छन्।

वि.सं २०३३ साल मंसीर २५ गते शालिकराम सापकोटाको अध्यक्षतामा सम्पन्न जनप्रतिनिधि, समाजसेवी तथा शिक्षाप्रेमीहरुको भेलाले विद्यालयको स्थापना तदर्थ समिति गठन पश्चात विद्यालयले आफ्नो पठनपाठन कार्यको थालनी गरेको थियो । हाल विद्यालयमा १५ सय विद्यार्थीले अध्ययन गर्छन् भने ७१ जना शिक्षक कर्मचारी सेवारत रहेका छन् ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :