गैडाकोट। कालिका नमुना माविको ५०औं स्वर्ण महोत्सवको अवसरमा आयोजित बृहत खुल्ला भजन प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयको परिसरमा मङ्गलबार शिक्षाको महत्व विषयमा भएको खुल्ला भजन प्रतियोगितामा मौलाकालिका मन्दिर भजन समूह प्रथम भएको हो। प्रथम हुने समूहले नगद १५ हजार नगद, प्रमाणपत्र प्राप्त गरेको छ।
त्यस्तै द्वितीय स्थानमा सरस्वती निकेतन बोर्डिङ स्कुल भएको छ उसले नगद रु. १० हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै प्रतियोगितामा कालिका मन्दिर कालिका आश्रमले तृतीय स्थान प्राप्त गर्न सफल भएको छ। तृतीयले नगद ७ हजार र प्रमाणपत्र प्राप्त गरेको छ। तेस्तै सान्तोना पुरस्कार सिद्धिविनायक टोल महिला समूहले प्राप्त गरेको हो। उसले नगद ५ हजार र प्रमाणपत्र प्राप्त रहेको छ।
प्रतियोगितामा वरिष्ठ साहित्यकार गोविन्द राज विनोदिको प्रमुख आतित्यथा रहेको थियो। प्रतियोगिताको निर्णायक संयोजकमा चेतराज कडेल रहनुभएको थियो भने सदस्यमा अमरविरहि गुरुङ र विष्णुमाया पन्थी रहनुभएको थियो।
बृहत खुल्ला भजन प्रतियोगितामा १८ वटा टिमहरूको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक होमनाथ शर्माले जानकारी दिनुभयो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष गङ्गाधर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको विद्यालयका शिक्षक मुकुन्द पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो।









