spot_img

Saturday, January 17, 2026

गैंडाकोटका आधारभूत विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा जनक माविकी समीक्षा ढकाल प्रथम

गैंडाकोट ।  गैंडाकोट नगरभित्रका आधारभूत विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा जनक नमुना माविकी छात्रा समीक्षा ढकालले प्रथम स्थान हासिल गर्नुभएको छ । त्यस्तै प्रतियोगितामा श्री योगी नरहरीनाथ  विज्ञान आध्यात्म गीता पाठशालाका रिदम चौधरीले द्वितीय स्थान हासिल गर्नुभएको छ भने तृतीय स्थान लक्ष्मी मावि अमरापुरीका पुस्तिका बटालाले प्राप्त गर्नुभएको छ ।

त्यस्तै प्रतियोगितामा ज्ञानकुञ्ज इङ्लिस स्कुलकी परिधि पराजुलीले सान्त्वना स्थान हासिल गर्नुभएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तना स्थान हासिल गर्ने विद्यार्थीले क्रमश ५ हजार, ४ हजार, ३ हजार र २ हजार  नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा गैंडाकोट नगरभित्रका २५ वटा विद्यालयबाट ४५ जना विद्यार्थीहरूले भाग लिएका थिए ।

गँैडाकोट नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा शुक्रबार कालिका नमुना माविको  सभाहलमा विद्यार्थी जीवनमा अनुशासनको महत्त्व विषयमा निबन्ध प्रतियोगिता भएको थियो ।  प्रतियोगिताको नतिजा मंगलबार घोषणा गरिएको  हो ।

प्रतियोगिताको निर्णायक संयोजकमा डा. मतिप्रसाद ढकाल सदस्यमा विश्वराज लम्साल, राधा कोइराला रहनु भएको थियो । पुरस्कार समारोहमा गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानका कुलपति गोविन्दराज बिनोदी, उपकुलपति भीम शर्मा, गैडाकोट नगर शिक्षा अधिकृत रामप्रसाद अधिकारी, गैंडाकोट शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत निहाल गौतम,  विद्यालयका शिक्षक, विद्यार्थी ,बुद्धिजीवी, समाजसेवी व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :