single head

गैंडाकोट नगरभित्रका आधारभूत विद्यालय स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

single post top 1

मङसिर १९ ,गैडाकोट । गैंडाकोट नगरभित्रका आधारभूत विद्यालय स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ।
गैडाकोट नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा शुक्रबार कालिका नमुना माविको  सभाहलमा  विद्यार्थी जीवनमा अनुशासनको महत्त्व विषयमा निबन्ध प्रतियोगिता भएको हो। प्रतियोगितामा गैडाकोट नगर प्रज्ञा प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीले यस्तो खालको  प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न टेवा पुग्ने बताउनुभयो ।

single p1

कालिका नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक होमनाथ शर्माले विद्यार्थीहरूको मूल्याङ्कन अनुशासनमा भर पर्ने भएकोले निबन्धको विषय पनि गहकिलो भएको बताउनुभयो। प्रधानाध्यापक शर्माले नगर प्रज्ञा प्रतिष्ठानको कार्यक्रम कालिकाको स्वर्ण महोत्सवको अवसरमा कालिकामा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो।
प्रतियोगितामा गैंडाकोट नगरभित्रका २३ वटा विद्यालयको सहभागिता रहेको थियो। निबन्ध प्रतियोगितामा ४५ जना विद्यार्थीहरूले भाग लिएका थिए।

single p2

प्रतियोगिताको निर्णायक संयोजकमा डा। मतिप्रसाद ढकाल सदस्यमा बिश्वराज लम्साल ,राधा कोईराला रहनु भएको थियो । प्रतियोगिताको निर्णय एवं पुरस्कार आगामी मङ्गलबार वितरण गरिने प्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण कालिका नमुना माध्यमिक विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक गोविन्द शर्माले गर्नुभएको थियो।
कार्यक्रममा गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठान साहित्य विभाग प्रमुख मुना धनञ्जय, गैंडाकोट शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत निहाल गौतम, प्रतियोगितामा सहभागी विद्यालयका शिक्षक, विद्यार्थी ,बुद्धिजीवी, समाजसेवी व्यक्तिहरूको उपस्थिति रहेको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3