single head

छैटौँ संस्करणको देवचुली महोत्सव पौष २५ गते देखि शु्रू हुने

single post top 1

देवचुली । देवचुली महोत्सवको छैटौँ संस्करण पौष २५ गतेदेखि हुने भएको छ । देवचुली १५ मा रहेको देवचुली मल्टीप्लेक्स परिसरमा १५ दिनसम्म चल्ने महोत्सव माघ ९ गतेसम्म हुनेछ । नवलपुर जिल्लाको आर्थिक तथा सामाजिक उत्थानका लागि शिक्षा, कृषि, पर्यटन, उद्योग, व्यापार, स्वास्थ्य क्षेत्रको प्रवर्धनका लागि महोत्सवको आयोजना गरिएको देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भूषालले बताउनुभएको छ । उद्योग वाणिज्य संघले १५ करोडको कारोबार गर्ने लक्ष्य लिएको छ ।

single p1

महोत्सवको बचत रकमबाट ५० प्रतिशत फिक्स बचत गर्ने, बाँकी रहेको ५० प्रतिशतलाई एक सय प्रतिशत मानेर  शिक्षामा १५ प्रतिशत, स्वास्थ्य सहयोग बिमामा २० प्रतिशत, व्यवसायि हितमा २० प्रतिशत, पूँजी निर्माणमा ३५ प्रतिशत र विविध शिर्षकमा १० प्रतिशत रकम लगानी गरिने संघका अध्यक्ष भूषालले बताउनुभयो ।

single p2

महोत्सव परिसरमा पिङ तथा झुला, कृषि प्रदर्शनी, बालमैत्री सामग्री प्रदर्शन, विज्ञान कला प्रदर्शनी, औद्योगीक उत्पादनहरुको प्रदर्शनी गरि १५० भन्दा बढी व्यापारिक स्टलहरु रहनेछन् । महोत्सव सञ्चालनका लागि करिब ६० लाखको लागतको अनुमान गरिएको अध्यक्ष भूषालले बताउनुभयो ।

महोत्सव अवलोकनका लागि सामान्य टिकटको दर एकसय रुपैँया कायम गरिएको छ भने विद्यार्थीका लागि ५० प्रतिशत छुट प्रदान गरिनेछ । पाँचवर्ष मुनिका बालबालिकाका र अपाङ्गता भएका व्यक्ति र ७० वर्ष नाघेका ज्येष्ठ नागरिकका लागि कुनै शुल्क लाग्ने छैन ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3