spot_img

Thursday, November 13, 2025

निमोनिया कस्तो रोग हो ? निमोनियाबाट बालबालिकालाई कसरी जोगाउने ?

काठमाडौँ । जाडो मौसममा निमोनियाको समस्याले सताउने गर्छ । निमोनिया सबै उमेर समूहका मानिसलाई देखिए पनि पाँच वर्षमुनिका बालबालिका, वृद्धवृद्धा, दीर्घ रोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएकामा बढी देखिन्छ ।

बालरोग विशेषज्ञका अनुसार  जाडोमा बालबालिकालाई निमोनियाले बढी दुःख दिने , “सास फेर्न गाह्रो हुने, ज्वरो आउने, रुघाखोकी  जस्ता लक्षण लिएर अस्पतालमा जाने र  बिरामीको एक्सरे गर्दा छातीमा निमोनिया देखिने गरेको छ ।”जाडोमा तापक्रम घटेसँगै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने हुँदा बालबालिकामा निमोनियाको जोखिम बढ्ने हुन्छ  ।

चिकित्सकका अनुसार निमोनिया फोक्सोमा हुने सङ्क्रमण हो । निमोनियाले फोक्सोमा असर गर्ने बालरोग विशेषज्ञ  बताउनुहुन्छ ।  “ निमोनिया भएमा फोक्सोभित्र भएका ससाना हावाका थैलीहरुमा तरल पदार्थ भरिएर श्वास फेर्न कठिनाइ भई शरीरमा आवश्यक पर्ने अक्सिजनको मात्रामा कमी हुन्छ” ।

निमोनिया ब्याक्टेरिया, भाइरस (ढुसी), फङ्गसको सङ्क्रमणले गर्दा लाग्ने हुन्छ  ।  मुख्यतया बच्चाको नाक र घाँटीमा रहेका जीवाणु श्वासप्रश्वासको माध्यमबाट फोक्सोसम्म पुगी निमोनिया हुने गर्छ ।

सङ्क्रमितले हाच्छिउँ गर्दा वा खोक्दा थुक र सिँगानको छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा निमोनिया सर्छ । उहाँका अनुसार रोग प्रतिरोधात्मक क्षमता कम भएका, पूर्ण स्तनपान गर्न नपाएका कुपोषित र जन्मदै कम तौल भएका बालबालिका निमोनिया हुने जोखिम बढी हुन्छ ।

खोकी लाग्ने, छिटो छिटो सास फेर्ने, छाती दुख्ने, छाती घ्यारघ्यार हुने, श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने, शरीरमा कम्पन आउने निमोनियाका प्रमुख लक्षण हुन् ।

त्यसका बाहेक श्वास लिँदा वा छोड्दा आवाज आउने, झोलिलो पदार्थ पिउन नसक्ने, दूध चुस्न नसक्ने, धेरै सुतिरहने वा ब्युँझाउन गाह्रो हुने, नाकबाट सिँगान बगिरहने लक्षण बालबालिकामा देखिन्छन् । निमोनिया भएका बच्चामा अन्य स्वास्थ्य समस्या जस्तै झाडापखाला, दादुरा, औलो, कुपोषण देखिने सम्भावना बढी हुन्छ ।

बच्चामा निमोनियाका लक्षण देखापरेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु  पर्दछ  । निमोनिया हुनबाट बचाउन बालबालिकालाई पूर्ण खोप लगाउनुका साथै पूर्ण स्तनपान गराउन बालरोग विशेषज्ञको आग्रह छ ।

निमोनिया भएका बालबालिकालाई पोषिलो, झोलिलो खानेकुरा खुवाउने, पटक पटक स्तनपान गराउन, बच्चालाई नगुम्स्याई न्यानो पारेर राख्ने, धुवाँ धुलोबाट बचाउन बालरोग विशेषज्ञको  सुझाव छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :