single head

अन्नपूर्ण क्षेत्रमा लुई लाख ४६ हजार ५७५ जना विदेशी पर्यटक पुगे

single post top 1

कात्तिक २७ मनाङ। नेपालको प्रमुख ट्रेकिङ तथा प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एसीए) ले यस वर्ष विदेशी पर्यटक आगमनमा नयाँ रेकर्ड कायम गरेको छ ।

single p1

सन् २०२५ को जनवरीदेखि अक्टोबर महिनासम्म अन्नपूर्ण क्षेत्रमा लुई लाख ४६ हजार ५७५ जना विदेशी पर्यटक पुगेका छन् । यो सङ्ख्या गत वर्षको कुल आगन्तुक सङ्ख्याभन्दा बढि हो ।

single p2

अन्नपूर्ण संरक्षण क्षेत्र कार्यक्रम (एसीएपी) का तथ्याङ्कअनुसार सो अवधिमा आएका पर्यटकमध्ये एक लाख ४६ हजार ९६८ जना दक्षिण एसियाली मुलुकहरूबाट आएका थिए भने ९९ हजार ६०७ जना अन्य देशका रहेका थिए । पछिल्ला वर्षहरूमा विश्वव्यापी महामारी र आर्थिक मन्दीका असरबिच पनि यो वृद्धिदरलाई क्षेत्रीय पर्यटन पुनरुत्थानको सकारात्मक सूचकका रूपमा हेरिएको छ ।

पर्यटन अभिलेखअनुसार अप्रिल महिनामा सबैभन्दा धेरै अर्थात् ४४ हजार ७६३ जना विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा आएका थिए । यो महिना ट्रेकिङका लागि अनुकूल मौसम भएकाले पर्यटक सङ्ख्या उच्च रहँदै आएको छ । यसको विपरीत जनवरी महिनामा सबैभन्दा कम नौ हजार ३५९ जना मात्र पर्यटक आएका थिए ।

सन् १९८६ देखि सञ्चालनमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र नेपालकै पहिलो र सबैभन्दा ठुलो संरक्षित क्षेत्र हो, जसले मनाङ, कास्की, लमजुङ र म्याग्दी जिल्लाका भूभाग समेट्छ । अन्नपूर्ण र धौलागिरी हिमालको दृश्यावलोकन, घोरेपानी–पुनहिल, अन्नपूर्ण बेसक्याम्प, तातोपानी, मनाङ, मुस्ताङ, मार्दी हिमालजस्ता प्रसिद्ध ट्रेकिङ मार्गहरूले आकर्षण थप बढाएका छन् ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3