spot_img

Saturday, April 11, 2026

निलम्बीत रास्वपा गैँडाकोट सभापति घिमिरेको निलम्बन फुकुवा

 गैंडाकोट । निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पाटी गैंडाकोट नगर सभापति बिमल घिमिरेको निलम्बन फुकुवा भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश अनुशासन समिति गण्डकी प्रदेशको बैठकले घिमिरे माथि लगाइएको निलम्बन फुकुवा गरेको जनाएको छ। घिमिरेमाथि अनुशासन समितिले अनुसन्धान गर्दा वस्तुस्थिति बुझ्दा तथा तथ्य प्रमाणहरू हेर्दा कहिँ कतै दोषी नदेखिएकोले निलम्बन फुकुवा गरिएको गण्डकी प्रदेश अनुशासन आयोगका प्रमुख योगेन्द्र केसीले बताउनुभयो ।

भदौ २३ र २४ गते जेनजीले गरेको विरोध कार्यक्रममा पार्टीको आचार संहिता भन्दा बाहिर रहेर विभिन्न अवान्छित क्रियाकलापमा संलग्न भएको विभिन्न सामाजिक सञ्जाल मार्फत देखिएको भन्दै अनुशासन आयोगले घिमिरेलाइ  पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।

रास्वपा नवलपुरद्वारा गैँडाकोट नगरसभापतिको कार्यवाहक जिम्मेवारी उपसभापति नारायणप्रसाद अधिकारीलाई दिइएको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :