single head

नौमती बाजा प्रतियोगितामा कालिका फेदी नौमती बाजा समूह प्रथम

single post top 1

गैंडाकोट । गैंडाकोटमा भएको नौमती बाजा प्रतियोगितामा कालिका फेदी नौमती बाजा समूह प्रथम भएको छ।  मौलिक संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान जोगाऔं भन्ने उद्देश्यका साथ परिवार सेवा समाज नवलपुरको आयोजनामा  सोमबार नौमती बाजा प्रतियोगिता भएको छ । गैंडाकोट २ स्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ म्यानेजमेन्ट मा भएको प्रतियोगितामा  कोट्थर नौमती पञ्चेबाजा समूह द्वितीय र महादेवथान  नौमती बाजा समूह तृतीय भएका छन  । विजेताहरूले क्रमशः प्रथम हुने समुहले ३० हजार, द्वितीयले २० हजार, तृतीयले १० हजार र सान्त्वनाले ५/५ हजार रुपैयाँ नगद  र प्रमाणपत्र  प्राप्त गरेका छन् । प्रतियोगितामा ६ वटा समुहको सहभागीता रहेको थियो ।

single p1


कार्यक्रममा परिवार सेवा समाज नवलपुरका अध्यक्ष प्रकाश परियारले संस्कार र संस्कृतिको संरक्षणका लागी यस्तो कार्यकम आवश्यक रहेको बताउँदै भावि पुस्ताका पिडिहरुलाई पनि बाजा सम्बन्धि ज्ञान दिन आवश्यक रहेको बताउनुभयो । समाजसेवी तथा शिक्षाप्रेमी प्रोफेसर डा. इन्जिनियर हरि भण्डारीले  पञ्चे बाजा हाम्रो मौलिक संस्कृति र पहिचानको प्रतीक भएको बताउदै यस्तो परम्परागत बाजाले नेपालीपन झल्काउने भन्दै यसको संरक्षणमा सबैको भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो । यस्तो कार्यक्रमले विद्यार्थीले जिवन जिउने कलापनि सिक्ने र आधुनिकताको भेलमा मौलिकता हराउन नदिन आग्रह गर्दै उहाँले युवापुस्तालाई संस्कृतिको जगेर्नातर्फ लाग्न आह्वान गर्नुभयो ।

single p2


कार्यकममा गैंडाकोट नगरपालिकाका वडाध्यक्षहरु, परियार सेवा समाजका पूर्व केन्द्रीय अध्यक्ष एवं संरक्षक डिबी परियार, अक्सफोर्ड कलेजका भाइस प्रिन्सिपल कृष्णहरि पौडेल  लगायतको उपस्थिति रहेको थियो ।


संस्कृति, संगीत र परम्परागत बाजाको संरक्षणका लागि योगदान पु¥याउने उद्देश्यसहित आयोजना गरिएको  प्रतियोगितामा  स्थानीयस्तरमा निकै आकर्षक बनेको आयोजकले जनाएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3