single head

कालिका नमुना माविले मंसिर २७ गते स्वर्ण जयन्ती महोत्सव मनाउने

single post top 1

गैंडाकोट । कालिका नमुना माध्यमिक विद्यालय गैँडाकोटले ५० औं बार्षिकोत्सव तथा स्वर्ण जयन्ती महोत्सव मनाउने भएको छ । विद्यालयले आगामी  मंसिर २७ गते विभिन्न कार्यक्रम गरी स्वर्ण जयन्ती महोत्सव मनाउने भएको हो  ।

single p1

कालिका नमुना मा.विले शिक्षा, स्वास्थ्य, शिक्षक अभिभावक एवं विद्यार्थी उत्प्रेरणा, विभिन्न बौद्धिक र खेलकुद प्रतियोगिता लगायतका कार्यक्रम गरी स्वर्ण जयन्ती महोत्सव मनाउने योजना रहेको विद्यालयका प्रधानाध्यापक होमनाथ शर्माले जानकारी दिनुभयो ।

single p2

विद्यालयले स्वर्ण जयन्तीको कार्यक्रम अन्तरगत पूर्व अध्यक्षहरु, पूर्व प्रधानाध्यापक, शिक्षक, पूर्व विद्यार्थी तथा कर्मचारीहरुसँग अन्र्तक्रिया, पूर्व विद्यार्थी भेला तथा तदर्थ समिति गठन लगायतका कार्यक्रम सम्पन्न गरी सकेको छ प्रधानाध्यापक  शर्माले जानकारी दिनुभयो ।विद्यालयको स्वर्ण जयन्तीको कार्यक्रम अनुसार कार्तिक २९ गते पूर्व अध्यक्ष, पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक कर्मचारी, पूर्व विद्यार्थी पुर्नमिलन कार्यक्रम, मंसिर ६ गते अभिभावक भेला, मंसीर ९, १० र ११ गते उत्प्रेरक हरिष ओलिद्वारा शिक्षक, विद्यार्थी र अभिभावक उत्प्रेरणा कार्यक्रम, मंसीर १२ गते शोभायात्रा, मंसिर १३ देखि १५ सम्म विद्यालयका विभिन्न आन्तरिक खेलकुद कार्यक्रम रहेको छ । तेस्तै मंसिर १६ गते नगर स्तरीय अन्तर मा.वि हाजिरी जवाफ प्रतियोगिता, मंसिर १७ गते अन्तर महिला अभिभावक हाजिरीजवाफ प्रतियोगिता र बत्ति कात्ने प्रतियोगिता, मंसीर १८ गते हाप म्याराथुन प्रतियोगिता, मंसिर १८ देखि १९ सम्म आन्तरिक वौद्धिक, साहित्यिक र रचनात्मक कार्यक्रम रहेको छ ।तेस्तै मंसिर २० गते रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर, शहिद गंगालाल मुटु अस्पतालका चिकित्सकद्वारा मुटुरोग परिक्षण, मंसीर २१ गते अभिभावक ब्याडमिन्टन र म्युजीकल चियर प्रतियोगिता, मंसिर २२ गते ७ ए साइड शिक्षक फुटसल प्रतियोगिता, मंसिर २३ गते विभिन्न समिति एवं शिक्षक कर्मचारी अन्र्तक्रिया र खुला भजन प्रतियोगिता, मंसिर २४ गते नगर स्तरीय अन्तर मा.वि शैक्षिक प्रर्दशनी प्रतियोगिता र खुला लोक गीत प्रतियोगिता, मंसिर २५ गते अक्षयकोष,छात्रवृत्ति, पुरस्कार र सम्मान कार्यक्रम रहेको छ । विद्यालय मंसिर २७ गते स्वर्ण जयन्ती मुल समारोह र पुस ४ गते समिक्षा एवं धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गरे को प्रधानाध्यापक  शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थापक अध्यक्ष शालिकराम सापकोटाले विद्यालयको स्वर्ण महोत्सव समारोह सफल पार्न सबैमा अनुरोध गर्नुभयो ।

स्वर्ण जयन्ती समारोह घोषणा तथा पत्रकार सम्मेलनमा पूर्व अध्यक्षहरु, पूर्व प्रधानाध्यापकहरु, पूर्व विद्यार्थी, शिक्षक अभिभावक लगायतको उपस्थिति रहेको कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष शालिकराम सापकोटाले स्वर्ण महोत्सव समारोहको लोगो अनावरण गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाधर सापकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सहजीकरण शिक्षक डिल्लीराज आचार्यले गर्नुभएको थियो ।

सो स्वर्ण महोत्सवका कार्यक्रम सम्पन्न गर्न ४८ लाख १२ हजार बराबर खर्च लाग्ने जानकारी आयोजकबाट पत्रकार सम्मेलनमा गराइएको थियो । साथै, खर्चको व्यवस्थापन स्थानीय सरकार तथा अभिभावक, विभिन्न संघसंस्था, उद्यमी, व्यापारीहरुबाट प्राप्त चन्दाबाट व्यवस्थापन गरिने विद्यालयले जनाएको छ ।

वि.सं २०३३ साल मंसिर २५ गते शालिकराम सापकोटाको अध्यक्षतामा सम्पन्न जनप्रतिनिधि, समाजसेवी तथा शिक्षाप्रेमीहरुको भेलाले विद्यालयको स्थापना तदर्थ समिति गठन पश्चात विद्यालयले आफ्नो पठनपाठन कार्यको थालनी गरेको थियो । हाल विद्यालयमा १५ सय विद्यार्थीले अध्ययन गर्छन् भने ७१ जना शिक्षक कर्मचारी सेवारत रहेका छन् ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3