single head

टी–२० विश्वकप छनोटका लागि आज नेपाल कुवेतसँग खेल्दै

single post top 1

असोज २२,काठमाडौं । टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धामा आज नेपाल राष्ट्रिय क्रिकेट टिम कुवेतसँग भिड्दैछ। नेपालसहित ९ राष्ट्रले टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

single p1

समूह बी मा रहेको नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो। यो समूहमा नेपाल, कुवेतसँगै जापान रहेका छन् नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने छ। नेपालले कुवेतसँगको भेटमा मिश्रित नतिजा निकालेको छ भने जापानसँग पहिलो पटक खेल्दैछ। यो छनोट प्रतिस्पर्धाको समूह ‘ए मा युएई, मलेसिया र कतार छन् भने समूह ‘सी मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्।

single p2

युएईमा वेस्ट इन्डिजसँगको सिरिज उचाल्दै ओमानमा भएका दुई अभ्यास खेल जितेको नेपाली टिम उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुँदैछ। अर्को वर्ष भारत र श्रील्रकामा संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा २० देशको सहभागिता रहने छ। हालसम्म १७ देशले विश्वकप यात्रा पक्का गरिसकेका छन्।

अब एसिया महादेशबाट तीन टोलीको टुंगो लाग्न बाँकी छ। सिंगलल राउन्ड रोविन लिगका आधारमा हुने छनोट खेलमा समूहका शीर्ष दुई टोलीले ‘सुपर सिक्समा प्रवेश गर्ने छन्। सुपर सिक्सका शीर्ष तीन टोलीले सन् २०२६ मा हुने आइसिसी टी–२० विश्वकपमा स्थान बनाउने छन्।

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3