बाढीपहिरोबाट घरबास गुमाएकाहरुलाई अस्थायी आवासका लागि ५० हजार रुपैँया रकम दिने सरकारको निर्णय

pradesh side 1

काठमाडौँ। सरकारले असोज १७ गतेदेखि १९ गतेको बाढीपहिरोबाट घरबास गुमाएकाहरुलाई तत्काल अस्थायी आवासका लागि ५० हजार रुपैँया रकम दिने निर्णय गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९ औँ बैठकले घरबास गुमाएका परिवारहरूका लागि स्थानीय तहको समन्वयमा लाभग्राही पहिचान गरी तत्काल रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

Article Inline 2

अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने र निर्णयपछि थप २५ हजार गरी ५० हजार उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यस्तै मृतकका परिवारलाई दुई लाख र स्थायी आवास निर्माणका लागि पनि मापदण्ड अनुसार दुईदेखि ५ लाख रुपैँया उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले तीनै तहका सरकारहरूले प्रदान गर्ने राहतलाई समन्वय गरी दोहोरो नपर्ने गरी स्थानीय तहमार्फत प्रदान गर्ने निर्णय गरेको छ ।।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :