spot_img

Friday, November 14, 2025

बाढीपहिरोबाट घरबास गुमाएकाहरुलाई अस्थायी आवासका लागि ५० हजार रुपैँया रकम दिने सरकारको निर्णय

काठमाडौँ। सरकारले असोज १७ गतेदेखि १९ गतेको बाढीपहिरोबाट घरबास गुमाएकाहरुलाई तत्काल अस्थायी आवासका लागि ५० हजार रुपैँया रकम दिने निर्णय गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९ औँ बैठकले घरबास गुमाएका परिवारहरूका लागि स्थानीय तहको समन्वयमा लाभग्राही पहिचान गरी तत्काल रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने र निर्णयपछि थप २५ हजार गरी ५० हजार उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यस्तै मृतकका परिवारलाई दुई लाख र स्थायी आवास निर्माणका लागि पनि मापदण्ड अनुसार दुईदेखि ५ लाख रुपैँया उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले तीनै तहका सरकारहरूले प्रदान गर्ने राहतलाई समन्वय गरी दोहोरो नपर्ने गरी स्थानीय तहमार्फत प्रदान गर्ने निर्णय गरेको छ ।।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :