single head

भदौ १९ देखि २३ गतेसम्म “महिला उद्यमी मेला–२०८२” हुने

single post top 1

चितवन । महिला उद्यमशिलता विकासमार्फत महिला सशक्तिकरण भन्ने मूल नाराका साथ चितवन उद्योग वाणिज्य संघले “महिला उद्यमी मेला–२०८२” आायोजना गर्ने भएको छ । भदौ १९ देखि २३ गतेसम्म उद्योग वाणिज्य संघ परिसरमै मेला आयोजना गर्ने तयारी गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।कार्यक्रम संयोजक अस्मिता तिमल्सिना रिजालका अनुसार करिब ३० वटा स्टल रहने मेलामा हस्तकला, लघु घरेलु उत्पादन तथा कृषि क्षेत्रसँग सम्बन्धित वस्तुहरुको प्रदर्शनी गरिने छ ।

single p1

एकल महिला, दुर्गम क्षेत्रका महिला तथा स्टार्टअप उद्यमीलाई निःशुल्क स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ ।

single p2

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले पाँच दिने मेला अवलोकन गर्न कम्तीमा पनि १५ हजार दर्शकको उपस्थिति रहने दाबी गरेका छन् । मेलाबाट करिब ३० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार महिला उद्यमीका उत्पादनलाई प्रचार–प्रसार गर्ने, स्वरोजगार र आत्मनिर्भरता बढाउने, नयाँ व्यवसायिक सम्पर्क तथा साझेदारी कायम गर्ने अवसर मेलाबाट प्राप्त हुनेछ ।

 

मेलाको क्रममा उद्यमशिलता सम्बन्धी गोष्ठी तथा राष्ट्रिय योग्यता प्रणाली कार्यक्रमको सहकार्यमा प्यानल डिस्कसन पनि आयोजना गरिनेछ । आयोजकले महिला आर्थिक सबलीकरणसँगै सामाजिक सशक्तिकरण र व्यवसायिक क्षमतामा टेवा पुग्ने विश्वास लिएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3