हुप्सेकोटमा जारी ३९ औं युनाईटेड गोल्डकपमा नवज्योति युवा क्लब दोस्रो चरणमा प्रवेश

arthik top

नवलपुर। नवज्योति युवा क्लब हसौरा हुप्सेकोटमा जारी ३९ औं युनाईटेड गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

मंगलबार सरस्वती संस्कृत तथा साधारण माविको खेल मैदानमा सम्पन्न खेलमा दुम्किबा युवा क्लबलाई ३–१ गोलले हराउदैँ नवज्योति हसौरा प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो ।

Article Inline 2

भोलीको खेलमा राईनो क्लब मदनपुर र रजहर फुटबल क्लब रजहरले प्रतिस्पर्धा गर्ने छन । प्रतियोगिताको विजेताले २ लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५१ हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार रुपैयाँ हात पार्नेछन । प्रतियोगितामा उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्तालाई समेत नगद ८ हजार सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

१६ टिमले सहभागीता जनाएको प्रतियोगिताको फाईनल खेल भदौ २१ गते हुनेछ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :