single head

बसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’को गृह विमोचन

single post top 1

भरतपुर । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’को गृह विमोचन गरियो । बखान सहकारी संस्था लिमिटेडको आयोजनामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेल, नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष दीपक आचार्य, बखानसिंहका नाति चन्द्रध्वज गुरुङलगायतले संयुक्त रुपमा कृतिको विमोचन गर्नुभयो ।

single p1

उपन्यासका मुख्य पात्र बखानसिंह गुरुङले स्थापना गर्नुभएको नेपालकै पहिलो सहकारी बखान सहकारी संघ हो । बखान बहुउद्देश्यीय सहकारी संस्था चितवन स्थापना गराउँदा स्थानीयलाई अन्न तथा औजारहरु खरिदमा सहयोग गरेको संस्था पनि हो । राजनैतिक र सामाजिक व्यक्तित्व बखान सिंह गुरुङलाई मुख्य पात्र बनाइएको यो उपन्यासले चितवनको बस्ती विकासको चरण, चितवनका धर्म संस्कृति तथा स्थानहरुको विवरण बखानमा वर्णन गरिएको छ ।

single p2

लोकार्पणका क्रममा बोल्दै मन्त्री पौडेलले बखान सहकारीलाई बखान उपन्यासले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनाउन सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पराजुलीद्वारा लिखित उपन्यासले बखानसिंह गुरुङको उच्च योगदानको मूल्याङ्कन गरेको बताउनुभयो । “बखान सिंह गुरुङको इतिहासलाई उपन्यासमा सजीव तरिकाले चित्रण गरिएको छ”, उहाँले भन्नुभयो, “ओझेलमा परेका एक महत्वपूर्ण व्यक्तिलाई पराजुलीले उजागर गर्ने काम गर्नुभएको छ ।”
वि. सं. २०३९ सालमा कानुन तथा न्याय र भूमिसुधार मन्त्री बन्नुभएका गुरुङका दुई छोरा शहीद हुनुहुन्छ । कार्यक्रममा गुरुङका नाति चन्द्रध्वज गुरुङले बाजे बखान सिंह गुरुङको राजनैतिक यात्रा र सँगै परिवारले भोगेका पीडाका बारेमा बोल्नुभएको थियो । संस्थाका अध्यक्ष देवी थापा मगरको सभापतित्वमा भएको कार्यक्रममा सहकारीका प्रमुख सल्लाहाकार एवम् नेपाली काँग्रेस चितवनका पूर्व सभापति तोपमान सिंह गुरुङ, बखान सहकारीद्वारा सञ्चालित सङ्ग्रहालयका संयोजक सोम भण्डारी, सहकारीका सञ्चालक रामशरण गैरे लगायतले सहकारीले गर्नुपर्ने काम पराजुलीद्वारा गर्नुभएको भन्दै आभार प्रकट गर्नुभएको थियो ।पुस्तकका लेखक पराजुलीले उपन्यास यथार्थ घटनामा टेकिएको र काल्पनिक जलप लगाइएको कृति भएको बताउनुभयो । उहाँका अनुसार नेपालको तराई क्षेत्रमा भएको बसाइँसराई र बस्ती विकासको ऐतिहासिक पाटोलाई समेटेर लेखिएको यो बखान पुस्तकले चितवनको सामाजिक तथा राजनीतिक घटनाक्रमलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ । यसले वि. सं. २००७ देखि २०४० सालसम्मका मुख्य राजनीतिक घटनाक्रमलाई न्याय दिने प्रयास गरेको पराजुलीले बताउनुभयो ।

बखान पुस्तकको मुख्य पात्रका रूपमा बखानसिंह गुरुङलाई लिइएको छ, जो प्रजातन्त्रका लागि जीवनभर लड्दा पनि ओझेलमा परेका एक योद्धाको रुपमा हुनुहुन्छ । बखानसिंहले प्रजातन्त्रको आन्दोलनमा दुई जना छोरा गुमाउनुपरेको र घरसमेत गुमाएको मार्मिक कथा यसमा समेटिएको छ । यो पुस्तकले इतिहास, राजनीति, संस्कृति र विकासको पाटोलाई जोडेर चितवनको एउटा महत्वपूर्ण समयकालको दस्तावेजका रूपमा आफूलाई उभ्याएको उहाँले बताउनुभयो । पराजुलीका यस अघि कुमाता, मोम्चो र ड्रिमी आइज प्रकाशित भइसकेका छन् । पराजुली नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्षसमेत हुनुहुन्छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3