single head

नेवा देय दवु गैंडाकोट द्वारा एसईई र कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सम्मान

single post top 1

गैंडाकोट । नेवा देय दवु गैंडाकोटले एसईई तथा कक्षा १२ मा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरेको छ।

single p1

नेवा: देय दवु गैंडाकोट नगर समितिले आफ्ना सदस्य परिवारभित्रका विद्यार्थीहरूलाई सम्मान तथा आगामी शैक्षिक यात्रामा सफलताको शुभकामना दिने उद्देश्यले मंगलवार गैडाकोटमा विशेष सम्मान कार्यक्रम गरेको हो। कार्यक्रममा २०८१ सालमा एसई (SEE) परीक्षा दिएका २० जना विद्यार्र्थी र कक्षा १२ उत्तीर्ण ११ जना विद्यार्थीलाई सम्मान गरिएको थियो। साथै, नेवा: देय दवुलाई विभिन्न क्षेत्रमा रहेर सहयोग गर्ने संघसंस्थाहरूलाई पनि सम्मान गरिएको थियो।

single p2

प्रतिनिधि सभा सदस्य अन्जली श्रेष्ठले शिक्षा नै जीवनको आधार र उज्यालो भविष्यको ढोका भएको बताउनुभयो । श्रेष्ठले कतिपय दुर्गम क्षेत्रका बालबालिकाले अझै पनि पढ्ने अवसर नपाएको उल्लेख गर्दै उपस्थित विद्यार्थीलाई अवसरको कदर गर्दै भविष्य निर्माणमा शिक्षा अब्बल बनाउन सुझाव दिनुभयो ।

नेवा मिसा दवु गैंडाकोटकी अध्यक्ष सीता श्रेष्ठले २०७५ सालमा समिति स्थापना भएदेखि नै कला, संस्कृति तथा सिपमूलक कार्यमा दिदीबहिनीहरूको सक्रियता रहेको र यसअघि पनि विभिन्न आयमूलक कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।


नेवा देय दवु गैडाकोटका अध्यक्ष शिव जंग श्रेष्ठले संस्थाले भाषा र संस्कृतिलाई प्राथमिकता दिँदै आएको छ र भविष्यमा पनि विभिन्न सिपमूलक तालिम तथा कार्यक्रम निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुृभयोे। अध्यक्ष श्रेष्ठले एसईई र कक्षा १२ मा उत्तीर्ण सबै विद्यार्थीलाई बधाई र शुभकामना दिनुभयो ।
नेवा देय दवु गैडाकोटका उपाध्यक्ष रोशनी श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्थाको सदस्य शर्मिला श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3