गैंडाकोट । सामाजिक एकता, धार्मिक सहिष्णुता र संस्कृतिको संरक्षण गर्ने उद्धेश्यका साथ नेपाल पूर्व प्रहरी संगठनको ३५ औं स्थापना दिवसको अवसरमा आइतबार सरसफाई कार्यक्रम गरिएको छ । नेपाल पूर्व प्रहरी संगठन गैंडाकोट नगर समितीको आयोजनामा मौलाकालिका फेदी, गणेश मन्दिर परिसरबाट शुरु गरि मौलाकालिका मन्दिरसम्म पुग्ने बाटो सरसफाई गरिएकोे हो ।
कार्यक्रममा बाटो वरिपरिका झाडी फाल्ने, फोहोर संकलन गर्ने लगायतका कार्यहरु गरिएको संगठनका अध्यक्ष दुर्गाजित्त कुँवरले जानकारी दिनुभएको छ । अध्यक्ष कुँवरले मौलाकालिका मन्दिर हिँडेर जाने भक्तजनहरुलाई बाटो फोहोर र झाडीका कारण कठिनाई भएकोले सहज यात्रा सुनिश्चित गर्न सरसफाई गरिएको बताउनुभयो ।

त्यसै अवसरमा देबघाट क्षेत्र विकास समिति देबघाटधाम तनहुका सदस्य धार्मिक सेवा समिती मौलाकालीका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले देश र जनताको सेवापछि पनि संगठनमार्फत निरन्तर सेवा पु¥याइ रहेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रम संगठनका अध्यक्ष दुर्गाजित्त कुँवरको अध्यक्षतामा भएको थियो । संस्थापक अध्यक्ष शिव शर्मा आचार्यले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सचिव नेत्रप्रसाद अधिकारी (भरत)ले गर्नुभएको थियो ।
संगठनले साझँ ६ बजे गैंडाकोट ५ मा रहेको आफ्नो कार्यालयमा दिप प्रज्वलन गर्ने कायक्रम रहेको जानकारी दिएको छ ।





