single head

सरस्वती निकेतनमा विद्यार्थी तथा अभिभावकलाई एनसीसी सिनियर डिभिजन द्धारा अभिमुखीकरण

single post top 1

गैँडाकोट । सरस्वती निकेतन आवासिय माध्यमिक विद्यालयले राष्ट्रिय सेवा दलको एनसीसी सिनियर डिभिजन अन्तर्गत अभिमुखीकरण कार्यक्रम गरेको छ। आइतबार विद्यालयको सभाहलमा भएको कार्यक्रममा एनसीसी सिनियर डिभिजनको बारेमा विद्यार्थी तथा अभिभावकहरूलाई अभिमुखरण दिईएको हो ।

single p1

नवलपुर जिल्लाबाट छनौट भएका ५ वटा विद्यालय मध्ये एनसीसी सिनियर डिभिजन तालिम सरस्वती निकेतनले पनि प्राप्त गरेको हो । तालिमबाट शारीरिक विकास, मानसिक विकास र भविष्यमा आफ्ना लक्ष्य पुरा गर्न टेवा पुर्याउने वक्ताहरुले बताएका थिए । विद्यालयले जुनियर एनसीसीमा सफलता हासिल गरे सँगै यो वर्षबाट सिनियर एनसीसी सञ्चालन गर्न लागेको हो ।

single p2

उपसेनानी रामचन्द खड्काले एनसीसी सिनियर डिभिजन तालिम बारेमा अभिमुखीकरण दिनुभएको थियो । उपसेनानी खड्काले भन्नुभयो “ आफूले आत्मैदेखि गर्नुपर्छ भनेर सोच राख्नुभयो भने राम्रो हुन्छ, फिजिकल्ली तालिम भनेको अफ्नो लागि हो त्यसैले म गर्छु भनेर अगाडि बढ्नुभयो भने सफल अवश्य हुनुहुन्छ ।”

विद्यालयका प्राचार्य भरतबाबु कण्डेलले एनसीसी सिनियर तालिमबाट विद्यालयको पठनपाठनलाई कुनै प्रकारको असर नपर्ने बताउनुभयो। प्राचार्य कण्डेलले एनसीसी सिनियरमा जेजे कार्यक्रम हुन्छ, अनुशासित रुपमा व्यावहारिक रूपमा त्यसलाई पालना गर्नुपर्ने बताउनुभयो। प्राचार्य कण्डेलले एनसीसीमा भाग लिने हो भने अनुशासन, मेहनत र राष्ट्रसेवामा भाग लिनको लागि पनि सजिलो हुने बताउनुभयो।

तालिमका प्रशिक्षक खड्कबहादुर गोतामेले तालिमबाट बफादायिता, इमान्दारिता र सच्चा देशभक्त बन्छु भन्ने भावना बोकि तालिम गर्नुपर्ने बताउनुभयो। तालिम लिइसकेपछि बीचमा छोड्ने र  नियम विपरीत क्रियाकलाप गर्नेलाई तालिमबाट अलग गराइने गोतामेले बताउनुभयो । प्रशिक्षक गोतामेले आफ्नो क्षमतामा वृद्धि, व्यक्तित्व विकास र नयाँ कुरा सिक्दै अगाडि बढ्नका लागि तालिम फलदायी हुने बताउनुभयो।


विद्यालय सञ्चालक समिति अध्यक्ष चोक्षादेबि कंडेलले तालिममा युवालाई राष्ट्रपति कसरी वफादार बनाउने योग्य बनाउने र भोलि राष्ट्रलाई आपत विपतमा सहयोग गर्न पनि सहयोग हुने विश्वास व्यक्त गर्नुभयो।


विद्यालयका सहायक प्राचार्य लक्ष्मण कँडेलले एनसीसी सिनियर डिभिजन तालिम विद्यालयले पाउनु गौरवको कुरा भएको बताउनु भयो । सहायक प्राचार्य कँडेलले भन्नुभयो “भोलिबाट सिनियर एनसीसीको छनोट हुँदैछ । विद्यार्थीहरु दत्तचित्त भएर, विभिन्न अतिरिक्त क्रियाकलाप गरी आफ्नो नामसँगै विद्यालयको नाम, नगरपालिका मात्र नभई गण्डकी प्रदेश तथा नेपाल भरि चम्काउनु हुनेछ ।”


अभिमुखीकरण तालिममा शिक्षक, विद्यार्थी र अभिभावक लगायतको उपस्थिति रहेको थियो। शिक्षक अभिभावक संघका अध्यक्ष कमलापति शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्राचार्य लक्ष्मण कंडेलले गर्नुभएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3