spot_img

Friday, April 10, 2026

अत्याधुनिक मोडेलका सोफा लगायतका फर्निचर गैँडाकोटमा / होम हेप्पीनेस हबले पहिलो आउट लेट सुरु गर्दै

गैँडाकोट। अत्याधुनिक मोडेलका सोफा लगायतका फर्निचर बिक्रि गर्दै आएको होम हेप्पीनेस हबले गैँडाकोटमा पहिलो आउट लेट सुरु गर्न लागेको छ । गैँडाकोट ५ कुमारी बैंक रहेको भवनमा  होम हेप्पीनेस हबले डेढ करोड लगानीमा आउट लेट सुरु गरेको सञ्चालक शिवसागर केवटले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

सिया फर्म एण्ड फर्निचर इण्डष्ट्रिज प्राइभेट लिमिटेडले रामग्राम १५, नवलपरासी पश्चिममा आधुनिक तथा गुणस्तरीय फर्निचर उत्पादन गर्दै आएको छ । यस उद्योगले नवलपरासी पश्चिमको रामग्रामपछि नवलपुरको गैँडाकोटमा पहिलो आउट लेट सुरु गरेको हो ।


अत्याधुनिक मेसिन तथा गुणस्तरीय सामानहरुबाट फर्निचरहरु निर्माण हुँदै आएको सञ्चालक केवटले बताउनुभयो । केही समयमा नै चितवनको लंकुमा पनि होम हेप्पीनेस हबको दोस्रो आउट लेट सुरु गर्ने तयारीमा रहेको छ ।

गैँडाकोटमा सञ्चालनमा आउन लागेको आउटलेटको बिहिबार विहान ११ बजे उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्चनबाट समुद्घाटन गरिने कार्यक्रम रहेको आउटलेटका प्रवन्धक युवराज गिरिले जानकारी दिनुभयो ।

 

शाखा प्रवन्धक गिरिका अनुसार भोलीबाट एकसातासम्म विशेष छुटको अफर समेत रहेको छ । सबै सोफाको काठ र फममा १० वर्षसम्म ग्यारेण्टी रहेको सञ्चालक केवटले बताउनुभयो । होम हेप्पीनेस हबमा २० हजारदेखि डेढलाखसम्मका सोफा लगायतका फर्निचरहरु राखिएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :