single head

युवा रेडक्रस सर्कल, एसपीएम कलेजले यही साउन ३० गते बृहत खुल्ला रक्तदान गर्ने

single post top 1
गैंडाकोट । नेपाल रेडक्रस दिवसको अवसरमा यही साउन ३० गते बृहत खुल्ला रक्तदान हुने भएको छ।
नवलपुरको गैँडाकोट नगरपालिका–२ स्थित एसपीएम कलेज परिसरमा आज पत्रकार सम्मेलन मार्फत यही साउन ३० गते हुने बृहत खुल्ला रक्तदान कार्यक्रमको जानकारी दिइएको हो। कार्यक्रमको आयोजना युवा रेडक्रस सर्कल, एसपीएम कलेजले गर्न लागेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै वक्ताहरुले रगत अभावका कारण धेरै बिरामीहरु संकटमा पर्ने गरेको सन्दर्भमा यस्ता कार्यक्रमहरुले जीवनरक्षक कार्यमा सहयोग पुग्ने बताए। उनीहरूले युवाहरुमा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न रक्तदान कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरे।
कार्यक्रम यही साउन ३० गते विहान ८ बजेदेखि सुरु हुनेछ। आयोजकले इच्छुक सबैलाई रक्तदानमा सहभागी हुन आग्रह गरेका छन्। कार्यक्रमलाई सफल बनाउन स्थानीय युवा, स्वयंसेवक, सामाजिक संघसंस्था तथा स्वास्थ्यकर्मीहरूसँग सहकार्य गरिने बताइएको छ।
युवा रेडक्रस सर्कलले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न मानवीय सेवा कार्यहरू गर्दै आइरहेको र आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिने जानकारी पनि कार्यक्रममा दिइएको थियो।
पत्रकार सम्मेलन युवा रेडक्रस सर्कलका अध्यक्ष सुमन पण्डितको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा कलेजका प्राचार्य दिपेन्द्र पौडेल, प्राध्यापक माधव प्रसाद सिग्देल, स्ववियू सभापति श्याम बाचे लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो।
single p2
single p1
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3