single head

विकू साकोसको वक्तृत्वकला प्रतियोगितामा शहिद स्मृति मा.वि. प्रथम /भानुदय मा.वि द्वितीय

single post top 1

साउन २७,कावासोती । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३५औं वार्षिकोत्सवको अवसरमा मंगलबार माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता कावासोतीमा सम्पन्न गरेको छ ।

single p1

प्रतियोगितामा शहिद स्मृति मा.वि. कावासोतीका विविशा विकले प्रथम स्थान हासिल गर्नुभएको छ । भानुदय मा.वि. विनयी त्रिवेणीका बविन सुनार द्वितीय हुनुभएको छ भने त्रिभुवन बाल मा.वि.कावासोतीका संस्कृति पौडेलले तृतीय स्थान हासिल गर्नुभएको वक्तित्व कला प्रतियोगिताको मुल्ल्यांकन कर्ता संयोजक एवं संस्थाको लेखा तथा अनुगमन समिति संयोजक कमल सुवेदीले जानकारी दिनुभयो ।   “सबैको पहिलो रोजाई बिकु” भन्ने शीर्षकमा रहेर वक्तृत्वकलामा प्रतिस्पर्धी विद्यार्थीहरूले आफ्नो भनाइ राखेका थिए।

single p2

कार्यक्रममा निर्णायकका रूपमा संयोजक कमल सुवेदी र सदस्य मुना धनञ्जय रहनुभएको थियो।
वक्तृत्वकला प्रतियोगितामा देबचुलि देखि पश्चिम विनय त्रिवेणीसम्मका १५ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा प्रथम द्वितीय तृतीय हुने विद्यार्थीलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । सस्थाले बुधवार (भोलि) २८ गते गैँडाकोटमा बक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।

कार्यक्रममा कावासोती नगर शिक्षा अधिकारी हेमचन्द्र पौडेलले ५० पैसाबाट सुरु गरेको संस्थाको कार्यक्षेत्र अहिले विभिन्न जिल्लाहरूमा पुगेर सेवा प्रदान गदै गर्दा शैक्षिक क्षेत्रमा पनि धेरै राम्रो काम गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयो । नगर शिक्षा अधिकारी पौडेलले भन्नुभयो “ कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरू एक आपसमा प्रतिस्पर्धा गर्नुपर्छ, उत्कृष्टबाट पनि सर्वोकृष्ट चयन गरेर छनोट गर्ने हो। आज यहाँ पुरस्कृत हुँदैमा उहाँहरू उत्कृष्ट, पुरस्कृत नभएकाहरु पनि कम होइनन् । वक्तित्वकलाको ज्ञान भयो भने अन्य क्षेत्रमा पनि अब्बल बन्न सकिन्छ ।”

बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेमप्रसाद सापकोटा राजुले भन्नुभयो ।“ आफ्नो विचार ,ज्ञान ,अनुभवलाई प्रभावकारी ढंगबाट जसले प्रस्तुत गर्न सक्छ त्यसलाई नै वक्तित्वकला भनिन्छ। वक्तित्वकलाबाट मूल्यांकन कर्ता, दर्शकलाई प्रभावकारी ढंगले प्रभाव पार्न सक्ने हुनु पर्छ । अध्यक्ष सापकोटाले सबैभन्दा ठूलो कुरा भनेको वक्तित्वकलाले आत्मविश्वास बढाउँछ, नेतृत्व क्षमता विकास गराउछ र अरुलाई प्रेरित गर्ने काम गराउँछ र तपाईँ हामीले प्रस्तुत गर्दा नौवटा रसको बारेमा एकदमै जान्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थापक अध्यक्ष एवं पूर्व अध्यक्षहरू, संस्थापक तथा सञ्चालक समिति, सेवा केन्द्रका संयोजक तथा उपसंयोजकहरू, विभागीय, क्षेत्रीय सेवा केन्द्र इन्चार्ज तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।
विकू साकोसका उपाध्यक्ष कालिदास गौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले गर्नुभएको थियो ।

सस्थाले साउन ३० गते कोल्हुवा सेवा केन्द्रमा रक्तदान कार्यक्रम, ३१ गते सेवाकेन्द्र स्तरिय कर्मचारीका लागि हाजिरीजवाफ र कर्मचारी स्तरिय फुटबल प्रतियोगिता ,भदौ १ गते मानव सेवा आश्रममा सहयोग, भदौ २ गते गैँडाकोट वडा नम्वर १०, ११, १२ र १३ लाई पूर्ण सदस्य वडा घोषणा गर्ने कार्यक्रम रहेको विकू साकोसका मानविय स्रोत व्यवस्थापन बिभाग प्रमुख मदन सापकोटाले जानकारी दिनुभयो ।
यस्तै सस्थाले भदौ ५ गते बार्षिकोत्सव बिशेष समारोह, व्यवस्थापन उपसमिति सदस्य स्तरीय खेलकुद म्युजिकल चियर, कर्मचारी स्तरिय नृत्य प्रतियोगिता र डिजीटल पार्कको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ भने सस्थाका सबै सेवा केन्द्रमा साँझ ७ बजे दिप प्रज्यलन गर्ने कार्यक्रम रहेको सस्थाले जनाएको छ ।

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3