spot_img

Wednesday, June 10, 2026

विकू वचतले कावासोति र गैँडाकोटमा बक्तृत्वकला प्रतियोगिता गर्ने

गैंडाकोट । विकू वचत तथा ऋण सहकारी संस्थाले बक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । संस्थाको बार्षिकोत्सवको अबसरमा विभिन्न कार्यक्रमहरु गर्ने क्रममा साउन २७ गते कावासोतिमा र २८ गते गैँडाकोटमा बक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।

विकू वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेमप्रसाद सापकोटा राजुले साउन ३० गते कोल्हुवा सेवा केन्द्रमा रक्तदान कार्यक्रम, ३१ गते सेवाकेन्द्र स्तरिय कर्मचारीका लागि हाजिरीजवाफ र कर्मचारी स्तरिय फुटबल प्रतियोगिता गर्ने बताउनु भयो अध्यक्ष सापकोटाले भदौ १ गते मानव सेवा आश्रममा सहयोग,भदौ २ गते गैँडाकोट १०, ११, १२ र १३ लाई पूर्ण सदस्य वडा घोषणा गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

यस्तै सस्थाले भदौ ५ गते बार्षिकोत्सव बिशेष समारोह, व्यवस्थापन उपसमिति सदस्य स्तरीय खेलकुद म्युजिकल चियर, कर्मचारी स्तरिय नृत्य प्रतियोगिता र डिजीटल पार्कको समुद्घाटन गर्ने कार्यक्रम रहेको सस्थाका प्रमुख कार्यकारी अधिकृत माधब प्रसाद पौडेलले बताउनु भयो । तेस्तै सस्थाका सबै सेवा केन्द्रमा साँझ ७ बजे दिप प्रज्यलन गर्ने प्रमुख कार्यकारी अधिकृत पौडेलले बताउनु भयो ।

विकू वचत को ३५ औ बार्षिकोत्सवको पुर्व सन्ध्यामा संस्थाले यस अघि केन्द्रिय कार्यालय सँगै ४ स्थानबाट गरेको रक्तदान कार्यक्रममा ६ सय ६३ पोइन्ट रक्त संकलन गरेको विकू साकोसका मानविय स्रोत व्यवस्थापन बिभाग प्रमुख मदन सापकोटाले जानकारी दिनुभयो ।

विकू सहकारीमा अहिले १ लाख भन्दा बढी शेयर सदस्य रहेका छन् । असार मसान्त सम्म विकूको शेयर पुँजी ८३ करोड ९० लाख १६ हजार ५ सय रहेको छ । विकूमा जगेडा तथा अन्य कोषहरुमा ८१  करोड ४२  लाख २० हजार रहेको छ । विकूले ८ अरब ८ करोड २१ लाख ९५ हजार बचत संकलन गरेको छ भने ६  अरब ८९  करोड ४१ लाख ७३ हजार ऋण लगानी गरेको छ ।  ५० पैसाको बचत संकलनबाट सुरु भएको विकूको ३४ वर्षको दौरानमा १० अरब २७  करोड ७३  लाख ३ हजार ३ सय ६१  कुल सम्पत्ती पुगेको छ । विकूले चितवन र नवलपरासीमा  गरि २४  वटा सेवा केन्द्रबाट सेवा दिदै आइरहेको छ ।

वि.सं. २०४८ सालमा दैनिक ५० पैसाबाट बचत संकलन गर्दै सदस्य र समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको विकूले हाम्रो लक्ष्य खुसी एवम् स्वस्थ सदस्य भन्ने अभिप्रायका साथ अघि बढिरहेको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :