साउन २६,नवलपुर । नन्दन सामुदायिक वन उपभोक्ता समूह गणेशमान सिंह राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ । काठमाण्डौँमा एक बिशेष समारोहका बिच गणेशमान राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको हो । गैडाकोटको नन्दन सामुदायिक वनका अध्यक्ष हरिमाया अधिकारी गणेशमान राष्ट्रिय पुरस्कारका लागि काठमाण्डौ जानुभएको थियो ।

नन्दन सामुदायिक वनका अध्यक्ष हरिमाया अधिकारीले सम्मानित हुन सहयोग पु¥याउने सबैलाई धन्यबाद दिनुभएको छ । समिति, पूर्व समितिका पदाधिकारी, उपभोक्ता, डिभिजन वन कार्यालय, सब डिभिजन वन कार्यालयको सहयोग र साथका लागि धन्यबाद दिनुभएको छ ।

देशभरका २३ हजारभन्दा बढि सामुदायिक वनमध्येबाट नन्दन सामुदायिक वनले चौथो स्थान हासिल गर्न सफल भएको हो । यहि साउन २६ गते काठमाण्डौँमा एक बिशेष समारोहका बिच गणेशमान राष्ट्रिय पुरस्कारबाट सम्मानित गर्ने जानकारी गराइएको छ ।
डिभिजन वन कार्यालय नवलपुरका प्रमुख बसन्त केशव अधिकारीले देशभरका २३ हजारभन्दा बढि सामुदायिक वनमध्येबाट नन्दन सामुदायिक वनले चौथो स्थान हासिल गर्नु गौरबको विषय भएको बताउनुभयो । उहाँले सिमसार क्षेत्र संरक्षण, वन संरक्षण र उपभोक्तालाई जिवीकोपार्जन र महिला शसक्तिकरणमा उल्लेखनिय काम गर्न सकेर मात्रै सम्मानित भएको बताउनुभयो । उहाँले आगामी दिनमा अझै सफल हुनका लागि शुभकामना दिनुभयो ।
वनको क्षेत्रफल ४ सय ३५ हेक्टर रहेको छ । वनले उपभोक्तामैत्री बन्दै वन संरक्षणमा महत्त्त्वपूर्ण भुमिका खेलेको छ ।







