single head

कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई गैँडाकोट नमूनाले गर्यो सम्मान

single post top 1

गैँडाकोट । गैँडाकोट नमूना माध्यामिक विद्यालयले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयको सभाहलमा आइतबार गैंडाकोट नमुना मावि (+2) को NEB BOARD EXAM GRADE 12 (SLC) २०८२ को उत्कृष्ट नतिजा तथा गैडाकोट नमुना कलेजको बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको थियो ।

single p1

२०८१ सालको परीक्षामा २०९ जना परीक्षार्थीमध्ये १७७ जना विद्यार्थी उर्तिण भई विद्यालयले ८५ प्रतिशत सफलता हासिल गर्न सफल भएको छ। परीक्षाफल अनुसार ३.६ भन्दा माथि जिपीए ल्याउने १४ जना, ३.२ देखि ३.६ सम्मका ५० जना र २.८ देखि ३.२ जिपीए ल्याउने ११३ जना विद्यार्थी रहेका छन् । कार्यक्रममा सम्मानित विद्यार्थीहरुलाई सम्मानपत्र, खादा, र अविर लगाएर सम्मान गरिएको हो। सम्मान प्राप्त गर्ने प्रमुख विद्यार्थीहरूमध्ये आविष्कार गिरी, आयुष घिमिरे, पूर्णिमा सुवेदी, कुशल मगर, अमन पौडेल, रिबास राना, सोनी कुंवर क्षेत्री लगायत रहेका थिए।

single p2

गैँडाकोट नमूना माविका प्राचार्य गोपेन्द्र केशरी न्यौपानेले भन्नुभयो “हामीले शिक्षालाई केवल पाठ्यक्रम सीमित नभई व्यवहारिकता, अनुशासन र इमानदार प्रयासको संयोजनको रुपमा अघि सारेका छौँ। विद्यार्थीहरुको यो सफलता हाम्रो सामूहिक परिश्रमको नतिजा हो।”

विद्यालयका सहायक प्राचार्य तथा प्लस टु संयोजक चन्द्र केसीले प्लस टु तहमा निरन्तर गुणस्तरीय शिक्षाको अभ्यास गर्दै आएको र अब स्नातक तहमा पनि नविन प्रविधि र व्यवस्थापनको संयोजन गर्दै थप उत्कृष्टता प्रदान गर्ने लक्ष्य रहेको बताउनुभयो ।

कार्यक्रममा प्राध्यापक रविराज सुवेदीले विद्यालयले निरन्तर प्रगतिको मार्गमा अघि बढ्दै क्षेत्रीय शैक्षिक उत्कृष्टताको केन्द्र बन्ने दृढ विश्वास लिएको बताउनुभयो ।

यसै अवसरमा विद्यालय अन्तर्गत सञ्चालनमा रहेको नमूना कलेजले स्नातक तह (ब्यवस्थापन संकाय) मा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरेको जानकारी गराइएको छ । यस वर्षदेखि व्यवस्थापन संकायमा सूचना प्रविधि (आइ टि) लाई समेत समावेश गरिँदैछ, जसले विद्यार्थीलाई आधुनिक बजारसँग प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति बनाउने लक्ष्य लिएको छ ।

कार्यक्रममा प्राध्यापकहरु लक्ष्मीकान्त शाँखी, नारायण सापकोटा, सुनिता नेपाल, सरिता खनाल अर्याल, लिला क्षेत्री लगायत शिक्षक, अभिभावक र विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कुमार लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सहायक प्राचार्य तथा प्लस टु संयोजक चन्द्र केसीले गर्नुभएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3