single head

नन्दन वन द्धारा आधारभूत सिलाई–कटाई र स्पेसल ब्युटिसियन तालिम समापन/डुङ्गा उद्घाटन,

single post top 1

गैडाकोट । नन्दन सामुदायिक वन उपभोक्ता समूहले आफ्नो वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत महिला सशक्तिकरणको उद्देश्यका साथ आधारभूत सिलाई–कटाई तालिम र स्पेसल ब्युटिसियन तालिमको समापन गरेको छ। सोही अवसरमा उद्यम विकास तथा डुङ्गा सञ्चालन कार्यक्रमको उद्घाटन र भूसंरक्षण दिवसका अवसरमा चियापत्तीका बिरुवा रोपण गरिएको छ।

single p1

वनले २ सय बढि चियापत्तिका विरुवा सँगै अन्य विरुवाहरुको रोपण गरेको हो । कार्यक्रममा नन्दन सामुदायिक वनका अध्यक्ष हरिमाया अधिकारीले वनले महिलालाई शसक्तकरण र आर्थिक उपार्जनको विकल्प दिनका लागि तालिम गरेको बताउनुभयो । उहाँले तालिम सँगै वन संरक्षणमा काम गरिरहेको बताउदैँ वनको दिगो आम्दानीलाई मध्यनजर गर्दै ढवाह तालमा डुङ्गा सञ्चालन सुरु गरेको जानकारी दिनुभयो ।

single p2

डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले वनले गरेका काम र प्रयास उदाहरणिय रहेको बताउनुभयो । उहाँले वनको दिगो आम्दानीको स्रोतका रुपमा ढवाहा तालमा डुङ्गा सञ्चालन गर्ने, बृक्षरोपण गर्ने काम महत्त्वपूर्ण रहेको बताउनुभयो । वनले जिवीकोपार्जन अन्र्तगत दिएका तालिम लिएपछि महिला दिदिबैनीलाई व्यवसायिक बन्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य कमलप्रसाद पराजुली, महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष खगराज सापकोटा, सबडिभिजन वन कार्यालयका फरेस्टर दिनेश केसी, जय श्री सामुदायिक वनका अध्यक्ष भीमबहादुर कुमाल, नन्दन सामुदायिक वनका पूर्व अध्यक्ष शशीधर न्यौपानेले वनले उपभोक्ता मैत्री बन्दै वन संरक्षणमा गरेका कामहरु प्रभावकारी र राम्रा रहेका बताएका थिए । ब्युटिसियन तालिमकी प्रशिक्षक सिर्जना सोती र आधारभूत सिलाई–कटाई तालिमकी प्रशिक्षक पुनम सापकोटा लगायतले मन्तव्य राख्नुभएको थियो ।

स्वागत मन्तव्य उपाध्यक्ष नरजंग रानाले राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव कमला शर्माले गर्नुभएको थियो ।

तालिममा सहभागी प्रशिक्षार्थीहरूले प्राप्त सीपलाई व्यवसायिक रुपमा उपयोग गर्दै आर्थिक आत्मनिर्भरता हासिल गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले यस अवसरलाई आफ्नो सीप र क्षमताको उन्नतिका लागि महत्वपूर्ण कदमका रुपमा लिएका छन्।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3