spot_img

Friday, April 10, 2026

नेपाली काँग्रेस महासमिति सदस्य गोकुल सापकोटा द्धारा नेपाली काँग्रेस परित्याग / राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

गैडाकोट । नेपाली काँग्रेसका महासमिति सदस्य गोकुल सापकोटाले नेपाली काँग्रेस परित्याग गरेको घोषणा गर्नुभएको छ । फेसबुकमा पार्टीको अब साधारण सदस्य पनि नरहेको उहाँले घोषणा गर्नुभएको छ  ।

नेपाली काँग्रेस परित्याग गरेर सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा उहाँलाई शुक्रवार स्वागत गरिएको रास्वपा गैँडाकोटका सभापति विमल घिमिरेले जानकारी दिनुभयो ।

रास्वपाको केन्द्रीय लेखा तथा समिक्षा बिभाग प्रमुख पदमा नियुक्त भएको सभापति घिमिरेले बताउनुभयो । केही दिनमा गैँडाकोटमा पनि उहाँलाई स्वागत गरिने घिमिरेको भनाइ छ ।   पार्टी परित्याग र रास्वपा प्रवेशको  विषयमा बुझ्न सम्पर्क गर्दा गोकुल सापकोटाको भने फोन स्विच अफ रहेको छ ।

नेपाली काँग्रेस गैडाकोटमा नगरप्रमुखको दाबेदारी गर्दै आएका काँग्रेस युवा नेता सापकोटाले काँग्रेसमा सम्भावना नदेखेपछि रास्वपा तर्फ गएको हुन सक्ने जानकारहरुको आँकलन रहेको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :