spot_img

Tuesday, July 21, 2026

अर्किड कलेजका विद्यार्थीहरूको शानदार सफलता

भरतपुर ।  राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८२ सालको वार्षिक परीक्षामा अर्किड कलेज, भरतपुर (चितवन) का छात्रहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्। दुई मेधावी छात्र प्रविन ढकाल र प्रनिल न्यौपानेले ३.९६ GPA प्राप्त गर्दा स्वीकार पौडेल र सन्देश सापकोटाले ३.९४ GPA हासिल गरेका छन्।

यसैगरी, ८ जना छात्रहरूले ३.९० भन्दा माथि GPA ल्याएका छन् भने उक्त परीक्षामा कुल ८० जना विद्यार्थीहरूले ३.६ देखि ३.९६ GPA सम्मको उत्कृष्ट परिणाम हासिल गरेका छन्। शैक्षिक सफलतासँगै प्रवेश परीक्षामा पनि उनीहरूले आफ्नो क्षमता प्रमाणित गरेका छन्।

काठमाडौं विश्वविद्यालयबाट हालै सम्पन्न इन्जिनियरिङ प्रवेश परीक्षामा प्रविन ढकाल दोस्रो स्थानमा र प्रनिल न्यौपाने बाह्रौँ स्थानमा उत्तीर्ण भएका छन्। त्यसैगरी, अञ्जली चौरसियाले NIT, India मा ICCR छात्रवृत्ति अन्तर्गत B.Tech in Computer कार्यक्रमका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्ने गौरव हासिल गरेकी छन्।

अर्किड कलेज परिवार सम्पूर्ण मेधावी विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्दछ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :