spot_img

Saturday, February 14, 2026

शुबराशि ल्याङ्ग्वेज सेन्टरद्धारा कालिका माविलाई इलेक्ट्रोनिक्स समान प्रदान

साउन ११, गैडाकोट । नवलपरासी पूर्व गैडाकोट ८ मा रहेको कालिका नमुना माविलाई शुबराशि ल्याङ्ग्वेज सेन्टरले इलेक्ट्रोनिक्स समान प्रदान गरेको छ। आइतबार बिद्यालयको सभाहलमा नारायणगढमा रहेको शुभराशि ल्याङ्ग्वेज सेन्टरले बिद्यालयका प्रधानाध्यापकलाई दुई थान एयर कण्डिसन (AC) हस्तान्तरण गरेको हो ।

बिद्यालयले भर्खरै मात्र सुरु गरेको कक्षा ११ को विज्ञान संकायका विद्यार्थीहरुलाई ध्यानमा राखी करिब १ लाख ५० हजार बराबरको इलेक्ट्रोनिक्स समान प्रदान गरेको सेन्टरका सञ्चालक कृष्णप्रसाद सापकोटाले बताउनुभयो । सेन्टरका सञ्चालक सापकोटाले भन्नुभयो “ सामाजिक उत्तरदायित्व अन्तर्गत हामिले इलेक्ट्रोनिक्स समान दिएका छौ र बिद्यालयले स्वर्ण महोत्सव मनाउन गइरहेको छ सफलताको शुभकामना पनि दिन चाहन्छु ”।

विद्यालयले यहि साउन १७ गते शनिबार पूर्व विद्यार्थीहरुको पुर्नमिलन तथा भेला आयोजना गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाधर सापकोटाले बताउनुभयो । अध्यक्ष सापकोटाले विद्यार्र्थीहरुको भेलाबाट पूर्व विद्यार्थीहरुको तदर्थ समिति समेत गठन गर्ने कार्यक्रम रहेको बताउनु भयो ।

कालिका नमुना माविका प्रधानाध्यापक होमनाथ शर्माले बिद्यालयले आउँदो मङ्सिर २७ गते स्वर्ण महोत्सव मनाउन लागिरहेको जानकारि दिनुभयो ।  प्रधानाध्यापक शर्माले यस्तो किसिमको सहयोगले सिकाइ वातावरणलाई अझ सहज, आरामदायी र प्रभावकारी बनाउन मद्दत पुग्ने र शैक्षिक गुणस्तर अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास ब्यक्त गर्नुभयो ।  स्वर्ण महोत्सवको लागि देशविदेशमा रहनुहुने पुर्व विद्यार्थी, शुभचिन्तक लगायत कालिका नमुना माविलाई माया गर्ने इच्छुक ब्यक्तिहरुले सहयोग गर्न प्रधानाध्यापक शर्माले आग्रह गर्नुभयो ।

विद्यालयले स्वर्ण महोत्सवको कार्यक्रम अन्र्तगत गत जेठ २४ गते पूर्व अध्यक्षहरुको भेला ,साउन १० गते भूतपूर्व प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीको भेला सम्पन्न गरिसकेको छ । कालिका नमुना माविमा अहिले करिब १५०० बिद्यार्थीले अध्ययन गदै आएका छन् । कार्यक्रममा बिद्यालयका  शिक्षकहरु , ब्यबस्थापन समितिका व्यक्तिहरु लगायतको उपस्थिति रहेको थियो  ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :