single head

राज्यका प्रमुख अङग बीचमा शक्ति सन्तुलन, प्रजातन्त्रमाथि नै चुनौती उत्पन्न हुन सक्ने- डा शेखर कोइराला

single post top 1

 साउन ११ काठमाडौँ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले  कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचमा शक्ति सन्तुलन भएमा मात्र लोकतन्त्र फस्टाउन सक्ने बताउनुभएको छ।

single p1

कर्मयोगी बन्द्रीविक्रम थापा स्मृति गुठीद्वारा पूर्वप्रशासक थापाको  १०३औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेता डा कोइरालाले राज्यका प्रमुख अङबीचमा शक्ति सन्तुलन प्रजातन्त्रमाथि नै चुनौती उत्पन्न हुन सक्ने धारणा राख्नुभयो। नेता डा कोइरालाले भन्नुभयो, “मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलन र सङ्घर्षमा विशिष्ट योगदान पु¥याएका व्यक्तिको प्रतिनिधित्व रहेको संवैधानिक परिषद्लगायतका निकायबाट हुने निर्णय निष्पक्ष र तटस्थ हुनुपर्छ, राज्यका निकायमा रहने व्यक्तित्वले आफ्ना व्यक्तिको छनोट होइन, राष्ट्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ।”

single p2

पूर्ववडाहाकिम थापा असहज परिस्थितिमा पनि शान्त र  शालीन प्रशासकका रुपमा आफूलाई स्थापित गराउनुभएको बताउँदै नेता डा कोइरालाले अहिले मुलुकको प्रशासनमा दलीयकरण हावी भएकाले श्रद्धाभाव जगाउने खालका प्रशासक पाउन मुश्किल रहेको विचार प्रकट गर्नुभयो।

श्रम तथा रोजगारमन्त्री  शरत्सिंह भण्डारीले मुलुकमा लोकतन्त्र स्थापना र समाजसेवाका लागि ठूलो त्याग तथा तपस्या रहेकै कारण पूर्वप्रशासक थापा मृत्युपर्यन्त पनि सबैले स्मरण गरिरहने पात्रका रुपमा रहनुभएको बताउनुभयो। वरिष्ठ राजनीतिज्ञ सिपी गजुरेलले मुलुकमा निरंकुशताको अन्त्य र लोकतन्त्रका लागि भएका आन्दोलन तथा सङ्घर्षमा योगदान पु¥याउने व्यक्तिको इतिहास उजागर गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

गुठीका अध्यक्ष प्रा डा सुरेशराज शर्माको अध्यक्षतामा भएको उक्त जन्मजयन्ती कार्यक्रममा साहित्यकार हरिमञ्जुश्री, कार्यक्रममा ‘बद्री विक्रम राष्ट्र गौरव’ र ‘सेवा पुरस्कार नेपाल’ बाट पुरस्कृत  संस्कृतिविद् तेजेश्वरबाबु ग्वङग र समाजसेवी तथा चित्रकलाकार उर्मिला गर्गले विधागत विशिष्ठता र पूर्वसभामुख दमनाथ ढुङ्गानाको व्यक्तित्वबारे जानकारी गराउनुभयो।   यसअघि प्रा डा सुरेशराज चालिसे, संस्थाका कोषाध्यक्ष किरण थापा, आध्यात्मिक व्यक्तित्व चिन्तामणि योगीले कर्मयोगी थापा र पूर्वसभामुख दमननाथ ढुङ्गानाबाट नेपालमा लोकतन्त्र स्थापनाका लागि भएको योगदानको चर्चा गर्दै गुठीले समाज सेवामा पुर्‍याउँदै आएको योगदानबारे जानकारी दिनुभयो। रासस

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3