रघुनाथ कण्डेलको अध्यक्षतामा नेपाल सांस्कृतिक महासंघ गैँडाकोट नगर कार्यसमिति सर्वसम्मत चयन

banner 1

गैँडाकोट । नेपाल सांस्कृतिक महासंघ गैँडाकोट नगरपालिकाको प्रथम नगरसभाले नयाँ नगर कार्यसमिति चयन गरेको छ। नगरसभाले रघुनाथ कण्डेलको अध्यक्षतामा नयाँ नगर कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ।

निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, सचिवमा पञ्चमाया चितौरे, सह–सचिवमा कृष्णकुमारी भट्टराई चयन भएका छन्। सदस्यहरूमा सुभाष आचार्य, श्रीकान्त घिमिरे, बिन्दु लामिछाने,  ईश्वरी खत्री, डोलबहादुर परियार, मिना कुमारी खनाल, सुसन गुरुङ र तेजेन्द्र सुनारी मगर रहेको निर्वाचन समितिका आयुक्त प्रेम बहादुर कुमालले जानकारी दिनुभयो ।
गैँडाकोट नगरपालिका नेपाली कांग्रेसका नगर सभापति बद्रीप्रसाद सापकोटाले सांस्कृतिक गतिविधिहरूको सशक्त माध्यमबाट कलाकर्मीहरूलाई व्यवसायिकतातर्फ उन्मुख गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेपाली कांग्रेसलाई कलाप्रेमीहरूबीच अझ मजबुत बनाउने लक्ष्यमा पनि यस संस्थाले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो।

Article Inline 2

नेपाली कांग्रेसका क्षेत्रीय सभापति अमृत भट्टचनले सांस्कृतिक जागरण र नेपाली कांग्रेसको विचारलाई स्थानीय स्तरसम्म विस्तार गर्न नयाँ कार्यसमिति सक्रिय रूपमा लाग्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रज्ञा परिषद् गैँडाकोटका उपकुलपति भीम शर्मा र नगर कार्यपालिका सदस्य शान्ति न्यौपानेले संस्था र नवनिर्वाचित टिमलाई सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

नेपाल सांस्कृतिक महासंघ नेपाली कांग्रेसको सुभेच्छुक संस्था हो। यसले भाषा, संस्कार, भेषभूषा, रीतिरिवाज, कला, साहित्य, संगीत तथा धर्मको संरक्षण, सम्बद्र्धन र विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। लोकतान्त्रिक र समावेशी मूल्य–मान्यतामा आधारित रही परिवर्तनशील संस्कृतिको अभ्यास गर्दै, स्थानीय स्तरमा छरिएर रहेका प्रतिभालाई प्रोत्साहन गर्ने दिशामा संस्था प्रतिबद्ध रहेको नव–निर्वाचित अध्यक्ष कण्डेलले बताउनुभयो।
नेपाल सांस्कृतिक महासंघ नवलपुर जिल्ला अध्यक्ष गङ्गा बहादुर पाण्डेले कार्यक्रमको बारेमा जानकारी  गराउनु भएको थियो । कार्यक्रमको सहजीकरण  नेपाली कांग्रेस गैंडाकोट नगर समिति सचिव गोविन्द घिमिरेले गर्नुभएको थियो ।

२०६२ सालमा स्थापना भएको नेपाली कांग्रेसको भातृ संगठन नेपाल सांस्कृतिक महासङ्घको प्रथम नगर अधिवेशन बिहिबार  गैंडाकोटमा सम्पन्न भएको हो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :