चर्चित गायिका कला लम्सालको नयाँ गीत “अन्टि लबर”

Article Inline top 1

काठमाडौँ । नेपाली सांगीतिक बजारमा  तीजका गीतहरु लगातार आइरहेका बेला  चर्चित गायिका कला लम्सालको “अन्टि लबर ” बोलको गीत सार्वजनिक भएको छ।  सधैं जसो तीजको समयमा गित निकाल्ने चर्चित गायिका लम्साल यसपटक भने फरक ढंग  । मौलिक, परम्परागत संस्कृतिमा आधारित तीज गित निकालेर चर्चामा आउने लम्सालले  अहिले भने फरक तरिकाको गित निकाल्नु भएको छ  ।

गितमा गायक आशिष अभिरल र कला लम्सालको स्वर रहेको छ भने शब्द संगित रमेश परियारले गर्नुभएको  छ । त्यस्तै मौसम हिमालिले निर्देशन गरेको उक्त गितमा स्वयम् गायिका लम्साल र बद्री प्रसाद तिवारीले अभिनय गर्नु भएको छ  । लम्साल परम्परागत भेषभूषा र मौलिक सस्कृंतिमा रमाउने गायिकाका रुपमा चिनिनुहुन्छ  । परम्परागत भेषभुषामा सजिएर मौलिक कला, सस्कृतिलाई समेट्नुका साथै चेलिबेटीको यथार्थ चित्रणलाई गितमा समेट्दै आउनु भएको गायिका लम्सालले  यो पटक दर्शकलाई फरक किसिमको गीत पस्किनु भएको छ  । अन्टि लभर भिन्न खालको गित भएकाले दर्शकहरुले बिस्तारै मन पराईरहेका छन् । कला लम्साल युटुब च्यानलबाट गित रिलिज गरिएको छ ।
गायिका कला लम्सालले भन्नु भयो ” यो पटक फरक खालको गित लिएर आएको थिए  ,जुन गितलाइ  दर्शकले बिस्तारै मन पराइदिनु भएको छ र गीत सफल हुनेमा दुक्क छु “। हरेक वर्ष मौलिक तीज गित लिएर आउने गर्थे तर यसवर्ष अर्को पुस्तालाई पनि समेट्ने हिसाबले फरक शैलीको गित अन्टि लभर लिएर आएकी छु  गायिका लम्सालका लोक तथा दोहोरिमा विभिन्न विधाका गीतहरु बजारमा आएका छन र सफल पनि भएका छन ।
https://www.youtube.com/watch?v=R1OhIJQdHJ0
Article Inline 2

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :