spot_img

Wednesday, January 14, 2026

निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ-प्रधानमन्त्री केपी शर्मा ओली

साउन ८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१/२०८२ मा  निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत  आव २०८१/२०८२ मा नेपालले रु. दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराउनुभएको छ ।

आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको कुल निर्यात रु. एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख मात्र रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ । रु. दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाखको निर्यात गर्न हामी सफल भएका छौँ । हामी सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष रु. एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको निर्यात भएको थियो । गत वर्षको तुलनामा ८१ दशमलव ८० प्रतिशत निर्यात बढेको छ ।”  रासस

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :