नवलपुर । गैडाकाेटका नारायण पौडेल योङ कम्युनिस्ट लिग (वाइसीएल)को जिल्ला इन्चार्ज हुनुभएकाे छ । पौडेल नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएल नेपालको नवलपुर जिल्लाको इन्चार्ज हुनुभएकाे छ । समाजसेवी पौडेल चितवन औषधि व्यवसायी संघ (थोक) का महासचिव र धौलागिरी मेडिसिन ग्रुपका सञ्चालनक तथा प्रोपाइटर समेत हुनुहुन्छ । पौडेल योङ कम्युनिष्ट लिग(YCL) नेपालको रास्ट्रिय सम्मेलन बाट केन्द्रिय सदस्य पनि हुनुहुन्छ । पौडेलले बिभिन्न समाजसेवाका कामहरु पनि गदै आउनुभएको छ ।
वाइसीएल नेपालको केन्द्रीय समितिले कार्य विभाजनलाई टुङ्गोमा पुर्याएसँगै पौडेललाई नवलपुर जिल्लाको इन्चार्जको जिम्मेवारी दिएको हो ।
असार १७ र १८ गते बसेकों केन्द्रीय पदाधिकारी बैठक तथा २० र २१ मा बसेको कार्यालयको बैठक र २४ गते बसेको केन्द्रीय समितिको दोश्रो पूर्ण भर्चुअल बैठकले २७ वटा विभाग सहित, प्रदेश इन्चार्ज, सह–इन्चार्ज र जिल्ला इन्चार्जहरुको टुङ्गो लगाएको छ ।





